प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि विशिष्टको बिजुली-पानीको बिलसम्म « Khabarhub

प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि विशिष्टको बिजुली-पानीको बिलसम्म


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री राजगार कार्यक्रम: सके काम नसके निर्वाह भत्ता शीर्षकमा आजको राजधानी दैनिकले मुख्य समाचार छापेको छ । सरकारले आगामी पाँच वर्षमा बाध्यात्मक बनेको वैदेशिक रोजगारीको अन्त्य गर्ने लक्ष्यसहित प्रधानमन्त्री रोजगार कार्यक्रम शुभारम्भ गरेको हो ।

त्यस्तै पत्रिकाले समाजकल्याण परिषद्मा व्यापक अनियमितता, दुई पूर्वमन्त्रीसहित ८ जना दोषी ठहर शीर्षकमा अर्को समाचार छापेको छ । सवै पदाधिकारीलाई बर्खास्त गर्न सिफारिस गरिएको समाचारमा उल्लेख छ ।

जग्गा भाडाका पछिल्ला सवै फाइल अख्तियारले कब्जामा लिएको छ । समाजकल्याण परिषद्का अध्यक्ष समेत रहेका तत्कालीन महिला बालबालिका तथा समाजकल्याणमन्त्री आशा कोइराला र विक्रमबहादुर थापासहित परिषद्का ८ जना पदाधिकारीले अनियमितता गरेको पाइएको छ ।

विशिष्टको निवासमा बिजुली र पानीमै ७५ लाख खर्च भन्ने शीर्षकमा अर्को समाचार पनि पहिलो पृष्ठमा छापिएको छ । विशिष्टहरुले निवासमा ग्याँस चल्होदेखि विछ्यौनासम्ममा अपारदर्शी रुपमा खर्च भएको निष्कर्षसहित महालेखा परीक्षक कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मितव्ययीता अपनाउन निर्देशन दिए पनि अझै पालना नभएको पाइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको एक वर्ष असफल भएको दाबी मधेवादी दलले गरेको आशय सहित ‘सम्झौता कार्यान्वयन गर्न सरकार असफल’ शीर्षमा समाचार छापिएको छ ।

त्यस्तै थाक्सिन सिनावात्राको पार्टी विघटन गर्ने तयारी शीर्षकको अर्को समाचार पनि छ । राजकुमारीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रयास गरेको आरोप लगाउँदै थाइल्याण्डको एउटा पार्टीलाई विघटन गर्ने प्रक्रिया शुरु गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : ३८ बजे

प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आम्दानीमा मेसीको फड्को : तलब मात्रै साढे ३ अर्ब

मियामी – अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी अमेरिकी मेजर लिग सकर

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज

सी-ट्रम्प वार्ता: स्वागत भव्य, पेचिला एजेन्डा

बेइजिङ – एक दशकअघिको तुलनामा यसपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प