पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति | Khabarhub Khabarhub

पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सकेसम्म सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा उपराष्ट्रपति यादवले नेपालको सम्भावना भएको क्षेत्र पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले भने ‘संसारका विभिन्न मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भए पनि राजदूतावासको अभावमा ति मुलुकसँगको सिधा सम्पर्क स्थापित हुन सकेको छैन ।’ उनले नेपालको अन्तर्राष्ट्रिय स्तरमा रहेको सम्बन्धलाई थप सुदृढ र व्यावहारिक बनाउँदै आर्थिक कुटनीतिमा विशेष जोड दिनु पर्ने बताए ।

सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्धका साथै उद्योग, व्यापार, व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने बताएका छन् ।

कन्सुलरहरुले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेकाे र अब वैदेशिक व्यापार अभिवृद्धि तथा दुई देशीय सम्बन्धलाई विस्तार गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेकाे उनले बताए ।

कन्सुलर कार्यालयहरु र परराष्ट्र मन्त्रालयबीचको सम्बन्ध एकआपसमा परिपूरक हुनुपर्ने उपराष्ट्रपति यादवले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ५ : ०८ बजे

राजधानी भित्र्याइने फलफूल तथा तरकारीको परिमाणमा वृद्धि

काठमाडौं– बाहिरी जिल्लाबाट फलफूल तथा तरकारी भित्र्याउने क्रम बढेसँगै राजधानीमा

बाढी र पहिरोमा बेपत्ताको खोजी गर्न साना किसान सहकारीको अपिल

काठमाडौं– साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले बाढी पहिरोमा

ट्युनिसियामा आप्रवासी चढेको डुङ्गा पल्टिँदा १२ जनाको मृत्यु

एजेन्सी– दक्षिणपूर्वी टापु जेर्बाको तटीय क्षेत्रमा सोमबार एक आप्रवासी चढेको

बाढीपहिरोको विनाशबारे प्रधानमन्त्री ओलीलाई विमानस्थलमा दुई प्रश्न

काठमाडौं– एघार दिन लामो राष्ट्रसंघीय महासभामा सहभागितापछि सोमबार काठमाडौं उत्रिएका

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४