पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति « Khabarhub

पर्यटनको विकास गर्न हवाई सम्पर्क स्थापनाका लागि पहल गर्छु : उपराष्ट्रपति


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सकेसम्म सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

बुधबार नेपालस्थित अवैतनिक वाणिज्यदूतहरूको संगठन (एचसीसीएन) का सदस्यहरुसँगको भेटघाटमा उपराष्ट्रपति यादवले नेपालको सम्भावना भएको क्षेत्र पर्यटनको विकास र विस्तारका निमित्त सम्बन्धित मुलुकसँग सिधा हवाई सम्पर्क स्थापनाका लागि पहल गर्ने बताएका छन् ।

उपराष्ट्रपति यादवले भने ‘संसारका विभिन्न मुलुकसँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भए पनि राजदूतावासको अभावमा ति मुलुकसँगको सिधा सम्पर्क स्थापित हुन सकेको छैन ।’ उनले नेपालको अन्तर्राष्ट्रिय स्तरमा रहेको सम्बन्धलाई थप सुदृढ र व्यावहारिक बनाउँदै आर्थिक कुटनीतिमा विशेष जोड दिनु पर्ने बताए ।

सम्बन्धित देशसँगको कुटनीतिक सम्बन्धका साथै उद्योग, व्यापार, व्यवसाय, कला संस्कृति, रहनसहन, भेषभुषा, शिक्षा, स्वास्थ्य, प्रविधिजस्ता क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने बताएका छन् ।

कन्सुलरहरुले निर्वाह गरेको भूमिका प्रसंशनीय रहेकाे र अब वैदेशिक व्यापार अभिवृद्धि तथा दुई देशीय सम्बन्धलाई विस्तार गर्न पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न चाहेकाे उनले बताए ।

कन्सुलर कार्यालयहरु र परराष्ट्र मन्त्रालयबीचको सम्बन्ध एकआपसमा परिपूरक हुनुपर्ने उपराष्ट्रपति यादवले बताए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ५ : ०८ बजे

विपद् प्रभावितको उद्धार र पुनःस्थापनालाई समन्वयात्मक रूपमा अघि बढाउन पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको

साहित्य र कला क्षेत्रको संरक्षण तथा सम्वर्द्धन गर्न प्रतिबद्ध छु : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले साहित्य, कला तथा संस्कृति

आजका समाचार : कांग्रेसको किचलो उग्र, धेरै पछि ओली झापामा, मनाइयो भारतको स्वतन्त्रता दिवस

जेन-जी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा

आइतबार आयल निगमले उपत्यकाका ७ स्थानबाट ग्यास बिक्री गर्ने 

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा (भोलि) आइतबार काठमाडौं उपत्यकाका विभिन्न

आदिवासी जनजातिको अधिकारका सवालमा एमाले प्रतिबद्ध छ : ओली

इलाम– पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानले सुनिश्चित