पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास « Khabarhub

पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

बलेवा– बागलुङको जैमिनी नगरपालिका–३ दमेकमा रहेको पर्यटकीय गाजादह क्षेत्रका किसानले आयआर्जन र पर्यटन प्रवर्द्धनका लागि ओखरको वन बनाउने प्रयास थालेका छन् । 

नौला गाउँ र गाजादहको सुक्खा र उजाड जमिन हरियाली बनाउने प्रयास थालिएको हो । नौला र गाजादह क्षेत्रका किसानले दाँते ओखरको व्यावसायिक खेती थालेपछि उजाड जमिन हरियाली बन्दै छ । हुर्किँदै गरेका ओखरका बिरुवाले उजाड क्षेत्रमा हरियाली थप्दै गरेको किसान शेरबहादुर छन्त्यालले बताए। 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना समन्वय एकाइ बागलुङको सहयोगमा एक हजार सात सय दाँते ओखरका बिरुवा रोपिएको छ । छन्त्याल किसान समूहमा आवद्ध किसानले एक सय रोपनी क्षेत्रमा ओखर रोपेका हुन् । उक्त जग्गा समूहमा आबद्ध किसानकै हो । खाली जग्गामा थिङसेल जातको कलमी बिरुवा रोपेको नगरपालिकाको कृषि शाखामा कार्यरत प्राविधिक रवीन्द्र शर्माले जानकारी दिए। 

कलमी बिरुवाले तीन वर्षपछि उत्पादन दिने छ । ‘उजाड जमिन हरियाली भएको छ’, प्राविधिक शर्माले भने, ‘बाँझो जमिनको उपयोग र किसानलाई व्यावसायिक बनाउन सहयोगी बन्ने छ ।’ कार्यक्रमका लागि परियोजनाले रु १० लाख उपलब्ध गराएको थियो । 

बिरुवा खरिद, ढुवानी, बिरुवा रोपणका लागि खाडल खन्ने, मल व्यवस्थापन, सिँचाइ व्यवस्थापन र बिरुवा रोप्ने क्षेत्रमा रहेका रुख कटानका लागि प्रयोग हुने चेन्सो मेसिन खरिद गर्न कूल १७ लाख ८५ हजार खर्च भएको छन्त्याल किसान समूहका अध्यक्ष देवप्रसाद छन्त्यालले जानकारी दिए। 

परियोजनाले उपलब्ध गराएको १० लाखबाहेक अपुग भएको रकम किसानबाट संकलन गरिएको थियो । समूहमा एक सय १४ किसान आबद्ध छन् । किसानले एउटा बिरुवाको रु तीन सय ५० तिरेका थिए । जमिनमा जति बिरुवा रोपिएको छ त्यसको उत्पादन त्यहीँ किसानले प्रयोग गर्ने प्राविधिक शर्माले बताए । 

वडा कार्यालयले पनि पचास प्रतिशत अनुदानमा वडाका अन्य क्षेत्रमा एक हजार बिरुवा वितरण गरी ओखर खेती सुरु गरेको छ । बीजबिरुवा खरिद गरी अनुदानमा प्रदान गरेको वडाध्यक्ष कृष्णबहादुर भुजेलले जानकारी दिए । 

बीजबिरुवाले पाँच वर्षपछि उत्पादन दिनेछ । उपल्लो दमेक दाँते ओखर खेतीका लागि उपयुक्त क्षेत्र हो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै