प्रधानमन्त्री प्रचण्ड र जानकी मन्दिरका महन्तबीच भेटवार्ता | Khabarhub Khabarhub

प्रधानमन्त्री प्रचण्ड र जानकी मन्दिरका महन्तबीच भेटवार्ता


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग धनुषाको जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासलगायतको टोलीले भेटवार्ता गरी विभिन्न मन्दिरको संरक्षण तथा संवर्द्धनका बारेमा ध्यानाकर्षण गराएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटमा विभिन्न मन्दिरका पुजारी सन्तको उपस्थिति थियो । भेटघाटमा जानकी मन्दिरलगायत देशका विभिन्न स्थानमा रहेका मठमन्दिरसँग जोडिएका विविध पक्षका बारेमा छलफल भएको नेकपा माओवादी केन्द्रका नेता रहवर अन्सारीले जानकारी दिए ।

प्रधानमन्त्री दाहालसँग भएको भेटका बारेमा जानकारी दिँदै अन्सारीले भने, “आदरणीय सन्तले उठाउनुभएका विषयप्रति प्रधानमन्त्रीले गहिरो चासो लिँदै तथ्यपरक र वैज्ञानिक ढङ्गले आवश्यक पहलकदमी आफ्नोतर्फबाट हुने आश्वासन दिनुभएको छ ।”

यस्तै, धर्मसँग जोडिएका विषयलाई परम्परागत रूपले मात्र नभई समय सान्दर्भिक रही मानवोचित कार्यको सामाजिकीकरण गर्दै अघि बढ्दा समाज र राष्ट्रले अझ लाभ पाउने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ६ : ३८ बजे

क्षेत्र निर्धारण गरेर फोहोर व्यवस्थापन गर्दै काठमाडौं महानगर

काठमाडौं– काठमाडौँ महानगरपालिका (कामपा)ले फोहोर वर्गीकरण गरी व्यवस्थापन गर्नका लागि

‘सेकेण्ड ह्याण्ड’ पहिरन : समाधान कि आदत ?

काठमाडौं– अरुले पहिल्यै प्रयोग गरिसकेको ‘सेकेण्ड ह्याण्ड’ पहिरन प्रयोग गर्ने

विपन्न परिवारका लागि निःशुल्क शववाहन र अन्त्येष्‍टि खर्च

कैलाली– कैलालीको बर्दगोरिया गाउँपालिकाले निःशुल्क शववाहन सञ्चालनमा ल्याएको छ ।

रोहितको ‘फर्म’का कारण सोच्न बाध्य भारतीय छनोटकर्ता

इंग्ल्याण्डसँग नागपुरमा भएको एक दिवसीय शृङ्खलाको पहिलो खेलमा रोहित शर्मा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी

काठमाडौं – सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा आगलागी भएको छ । सिंहदरबार