३० जना प्रहरी कर्मचारीलाई हेभी सवारी चालक तालिम | Khabarhub Khabarhub

३० जना प्रहरी कर्मचारीलाई हेभी सवारी चालक तालिम


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखा सामाखुशीले ३० जना प्रहरी कर्मचारीलाई हेभी सवारी चालक तालिम प्रदान गरेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा उक्त महाशाखामा संचालित हेभि सवारी चालक तालिम १३औं समूह अन्तर्गत उनीहरूलाई तालिम सञ्चालन गरिएको हो ।

महाशाखामा बुधबार आयोजित तालिम समापन कार्यक्रममा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिनेश केसीले प्रशिक्षार्थी तथा प्रशिक्षकलाई प्रमाणपत्र वितरण गरे ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक केसीले हेभी सवारी साधनको परिचालन, रेखदेख र मर्मत संभार गर्न समय सापेक्ष नयाँ प्रविधिको बारेमा दक्षता अभिवृद्धि गर्न तालिम प्रदान गरिएको बताए ।

प्रशिक्षार्थीले तालिमबाट प्राप्त गरेका ज्ञान, सिप र दक्षतालाई कार्यक्षेत्रमा त्रुटिरहित ढंगबाट कार्यसम्पादन गर्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा तालिम संयोजक प्रहरी निरीक्षक भरत कुमार श्रेष्ठले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १५ गतेबाट संचालित ३० कार्यदिन अवधि रहेको उक्त तालिममा प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार १४ जना र प्रहरी जवान १५ जना गरी कूल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिए ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ८ : ३६ बजे

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज

पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

भरतपुर– सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ ।

सिने ब्रिफ : कोही ‘जुठो पानी’ले नै चर्चामा, कोही फिल्म नपाएर गुमनाम

हेडलाइन…नायक जीवन लुइँटेल ६ वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दै, अमेरिका