उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइँदै « Khabarhub

उपनिर्वाचन :

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइँदै


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ।

आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइने छ ।

चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारले चुनावी प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो।

गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो। त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले यी क्षेत्रहरुमा उपनिर्वाचन गर्न लागिएको हो।

आगामी वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको निर्वाचन तालिका छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ६ : ५० बजे

नेपाल बार एशोसिएशनले मनायो ७० औँ स्थापना दिवस

काठमाडौं– कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एशोसिएशनले ७० औँ

१५ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने गगन थापाको घोषणा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५ औँ महाधिवेशनमा

काठमाडौं क्षेत्र नम्बर २ बाट राप्रपाकी कुन्तीदेवी पोखरेलको नाम सिफारिस

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं निर्वाचन क्षेत्र नं. २ बाट

इन्डोनेसियामा बस पल्टिँदा १६ जनाको मृत्यु

जकार्ता– सोमबार बिहान इन्डोनेसियाको एक प्रमुख राजमार्गमा भएको भीषण दुर्घटनामा