उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइँदै « Khabarhub

उपनिर्वाचन :

उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइँदै


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने भएको छ।

आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ । निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरेर चुनाव चिह्न दिइने छ ।

चुनाव चिह्न पाएपछि सोमबार उम्मेदवारी दर्ता गरेका उम्मेदवारले चुनावी प्रसारप्रसार औपचारिकरुपमा सुरु हुनेछ । तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो।

गत मंसिर ४ को चुनावमा तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा उपचुनाव हुन लागेको हो। त्यसैगरी बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएकोले र चितवन-२ बाट निर्वाचित रवि लामिछाने नागरिकता विवादमा दोषी ठहर हुँदा पदमुक्त भएकाले यी क्षेत्रहरुमा उपनिर्वाचन गर्न लागिएको हो।

आगामी वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको निर्वाचन तालिका छ ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ६ : ५० बजे

सहकारीका समस्या समाधान गर्न मन्त्री रावलले मागिन् चार्टर्ड एकाउन्टेन्टसँग सहयोग

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले

सुधनले २६ दिनमै राजीनामा दिएपछि भारतीय सञ्चारमाध्यम लेख्छन् : बालेनलाई प्रमुख धक्का

काठमाडौं- नेपालका गृहमन्त्री सुधन गुरूङले बुधबार २६ दिनमै राजीनामा दिएको

नगरपालिकाद्वारा हाटबजार सञ्चालन

त्रिशूली– नुवाकोटको विदुर नगरपालिकाले किसानले उत्पादन गरेको कृषिउपज सामग्री सिधै

जनताले नेकपालाई फेरि पनि अवसर र न्याय दिनेछन् : सह–संयोजक नेपाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक माधव कुमार नेपालले

अमेरिका–इरान युद्धविराम विस्तार, राष्ट्रसङ्घद्वारा स्वागत

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले इरानसँगको युद्धविरामको म्याद थप