साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर | Khabarhub Khabarhub

साउदी क्लबद्धारा मेस्सीलाई ५८ अर्बको अफर


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी रकममा साउदी अरेबियन क्लबमा आबद्ध भएको ६ महिना नबित्दै अर्जेन्टिनी कप्तान लियोनल मेसीलाई पनि किर्तिमानी रकमको अफर आएको छ ।

चर्चित इटालियन खेल पत्रकार फाब्रिजियो रोमानोका अनुसार साउदी अरेबियन क्लब अल हिलालले अर्जेन्टिनी कप्तान मेसीलाई अनुबन्धन गर्नका लागि कीर्तिमानी रकमको प्रस्ताव गरेको छ । उनका अनुसार अल हिलालले वार्षिक करिब ५८ अर्ब नेपाली रुपैयाँ (४०० मिलियन युरो) को प्रस्ताव गरिएको छ ।

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) को बिच सम्झौता समाप्त हुन तीन महिनामात्र बाँकी रहेको बेला साउदी क्लबले किर्तिमानी रकममा अफर गरेको हो । मेसी र पीएसजीबीचको सम्झौता यही जुनमा सकिँदै छ ।

पीएसजीले मेसीसँगको सम्झौता एक वर्षका लागि थप गर्ने तयारी गरेको तथा स्पेनिस क्लब बार्सिलोनाले पुनः आबद्ध हुने चर्चाका बिचमा मेस्सीलाई साउदी क्लबको सो अफर आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पोर्चुगलका कप्तान रोनाल्डो साउदी क्लब अल नासरबाट हाल खेलिरहेका छन्, अल नासरले रोनाल्डोलाई वार्षिक १७३ मिलियन युरोमा अनुबन्ध गरेको थियो । अर्जेन्टेनी स्टार मेस्सीलाई रोनाल्डोको भन्दा २०० मिलियन युरो बढी रकमको अफर आएको हो ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ७ : ५२ बजे

सुरक्षण मुद्रण केन्द्रको सञ्चालनपछि अर्बौँको बचत

काभ्रेपलान्चोक- काभ्रेपलान्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ

उमा कुङफुको ग्रोडिङ

काठमाडौं– नेपाल उमा कुङफु संघको आयोजनामा स्वयम्भूस्थित स्प्रिङसाइन नेसनल स्कुलका

 क्लाउड फ्याक्ट्रीलाई कर्पोरेट क्रिकेटको उपाधि

काठमाडौं– तेस्रो संस्करणको सीई कर्पोरेट टि–टेन इन्डोर क्रिकेट प्रतियोगिताको उपाधि

बेमौसमी वर्षा : दुई अर्बभन्दा बढीको क्षति

विराटनगर– अविरल वर्षाबाट कोशी प्रदेशमा कूल दुई अर्ब पाँच करोड

पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति

गण्डकी– गण्डकी प्रदेशको राजधानी पोखरामा विद्युतीय तार भूमिगत गर्ने आयोजनाको