नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित « Khabarhub

नमुना पशु अस्पतालबाट चार जिल्लाका कृषक लाभान्वित


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तनहुँ– भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँ परिसरमा निर्माणधीन ‘नमुना पशु अस्पताल’ बाट तनहुँसहित चार जिल्लाका कृषक लाभान्वित हुने भएका छन् । दमौलीमा निर्माणाधीन पशु अस्पतालबाट तनहुँसहित गोरखा, लमजुङ र नवलपरासीलगायत आसपास क्षेत्रका कृषकले सहजै सेवा पाउने भएका हुन् ।

गण्डकी प्रदेश सरकारको रू चार करोड ९० लाख लागतमा डेढ वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी इको बिल्र्डस प्रालि चितवनले ठेक्का सम्झौता गरेको थियो । आगामी पुसभित्र भवन निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको सहरी विकास तथा भवन निर्माण एकाइ कास्कीका साइट इञ्जिनियर शिव सुनारले जानकारी दिए। उनका अनुसार हालसम्म ५० प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ ।

बहुवर्षीय योजनाअन्तर्गत १० करोड लागतमा अस्पतालको अन्य भौतिक संरचना विस्तार गर्दै लैजाने लक्ष्य रहेको उनले जानकारी दिए। देशका ७७ जिल्लामध्ये पहिलो चरणमा कास्की र तनहुँमा पशु अस्पताल निर्माण हुन लागेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख एवं वरिष्ठ पशु विकास अधिकृत डा बालकुमार श्रेष्ठले जानकारी दिए । 

अस्पतालको भवन निर्माणपश्चात् आधुनिक उपकरण जडानसहित दक्ष जनशक्तिले पशुपन्छीको उपचार गर्नेछन् । भवनको भुई तलामा व्यवस्थित प्रयोगशाला, भिडियो एक्स–रेका साथै प्रविधिक जनशक्तिको व्यवस्था गरिने छ ।

पशुमा लाग्ने महामारीजन्य रोग पहिचान गरी क्षति हुनबाट जोगाउन पशु स्वास्थ्य कार्यक्रमलाई प्राथमिकता राखिएको उनले बताए। ‘महामारीजन्य रोग पहिचान तथा न्यूनीकरण गर्न सकिए कम्तीमा २० प्रतिशतले पशुको क्षति कम गरी किसानको आम्दानी बढाउन सकिन्छ’, श्रेष्ठले भने ।

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ३ : ०० बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७