उपप्रधानमन्त्री श्रेष्ठसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितहरूको अडान « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठसँग मात्रै वार्ता गर्ने मिटरब्याजी पीडितहरूको अडान


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चक्रवृति तथा मिटर ब्याजीलाई कारवाही गर्नुपर्ने माग सहित काठमाडौं आएका मिटरब्याजी पीडितहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसंग मात्रै वार्ता गर्ने अडान राखेका छन् । 

बिहीबार गृहमन्त्रालका प्रवक्ता जितेन्द्र बस्नेत नेतृत्वको टोली मिटरब्याजी पीडितसँग वार्ता गर्न काठमाडौंको शान्तिवाटीका पुगेपनि उनीहरूले भने गृहमन्त्रीसंगै वार्ता गर्ने अडान राखेका हुन् । 

यसअघिको मिटरब्याजी पीडितसँग सरकारले गरेको सहमति र मिटर ब्जीयालाई कारवाही गर्ने विषयमा सरकारले गरिरहेको तयारीका बारेमा गृहका प्रवक्ता बस्नेत, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रीका सचिवालय सदस्य लगायत शान्तिबाटीका पुगेका थिए । सुरुमा उनीहरूले मिटरब्याजी पीडितहरूको समस्या सुनेका थिए र सो क्रममा पीडितहरूले जाली तमसुक बनाएर आफूहरुलाई पीडा दिएको गुनासो गरे । आफूले वकिल राखेपनि वकिल नै मिटरब्याजीहरुसंग मिल्ने गरेको उनीहरूले बताए ।

पीडितहरूको गुनासो सुनेपछि गृह मन्त्रालयका प्रवक्ता बस्नेतले मिटरब्याजी पीडितहरूको समस्या सुन्न प्रधानमन्त्री र गृहमन्त्रीले पठाएको र आफूहरू माग पुरा गर्न सकारात्मक रहेको जानकारी गराएका थिए  । उनले यसअघिको पीडितसँग भएको सहमति अनुसार मिटरब्याज सम्बन्धी उजुरीलाई प्राथमिकता दिनका लागि निर्देशन दिएको, समस्या समाधानका लागि सरकारले आयोग गठन गरेको बताएका थिए  । उनले सरकारले सबै समस्या समाधान गर्ने भन्दै घर फर्कन आग्रह गरेका थिए ।

तर पीडितहरूले आयोगले कहिले काम गर्ने भन्ने थाहा नभएको भन्दै मिटरब्याजका लागि भएको तमसुक खारेज हुनुपर्ने बताएका थिए । मिटरब्याजलाई अपराध नै घोषणा गरे पनि यसलाई रोक्न राज्यले कुनै पहल नगरेको उनीहरूले बताएका थिए । उनीहरुले यसअघिको सहमति देखाएर राज्य पन्छिन नमिल्ने भन्दै सिधै गृहमन्त्रीसँग छलफल गर्ने अडान राखेका थिए । उनीहरूले पारदर्शी ढंगले शान्तिबाटीकामा नै वार्ता गर्ने भन्दै छिटो निकास निकाल्न आग्रह गरेका छन् । तमसुक तथा पीडितको जमिन फिर्ता गर्नुपर्ने, भूमि लिलामी बन्द गर्नुपर्ने लगायतका माग राख्दै मिटरब्याजी पीडितहरूको अर्को समूह काठमाडौं आएको हो । 

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ४ : ५२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल