जापानको मृत्यु दरमा दोब्बर वृद्धि « Khabarhub

जापानको मृत्यु दरमा दोब्बर वृद्धि


२३ चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – जापानमा सन् २०२२ मा एक लाख १३ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ ।

यो सङ्ख्याले कोभिड–१९ का कारण प्रत्यक्ष र अप्रत्यक्ष रूपमा मृत्यु दरमा वृद्धि हुन सक्ने सम्भावनालाई जोड दिएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयअन्तर्गतको संस्था नेसनल इन्स्टिच्युट अफ इन्फेक्शियस डिजिज (एनआईआईडी) ले उक्त अनौपचारिक तथ्याङ्क तयार पारेको हो ।

एनआईआईडीका अनुसार सन् २०२२ को एक निश्चित अवधिमा मृत्युको अवलोकन गरिएको सङ्ख्या र सोही अवधिमा मृत्युको अनुमानित सङ्ख्याबीचको भिन्नताको रूपमा परिभाषित गरिएको अतिरिक्त मृत्युको सङ्ख्या ४७ हजार ३३० देखि उक लाख १३ हजार ३९९ को बीचमा थियो । यस्तो सङ्ख्या सन् २०२१ मा एघार हजार ४७५ देखि ५० हजार ४९५ थियो ।

एनआईआईडीका महानिर्देशक तथा स्वास्थ्य मन्त्रालयको सल्लाहकार समितिका अध्यक्ष ताकाजी वाकिताले बुधबार पत्रकारहरूसँग भने, “यस्तो मृत्युमा वृद्धि कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको फैलावटसँग जोडिएको हुन सक्छ, जसले गत वर्ष जापानमा कोभिड–१९ सङ्क्रमण र मृत्युको रेकर्ड स्तरलाई बढायो ।

वाकिताले भने “हामीले श्वासप्रश्वाससम्बन्धी रोग र वृद्धावस्थामा मृत्यु हुनेको सङ्ख्यामा वृद्धि देखेका छौं ।” उनले भने, “यो ओमिक्रन भेरिएन्टको फैलावटबाट प्रभावित भएको हुन सक्छ । हामीले यस विषयमा थप विश्लेषण गर्न आवश्यक छ ।”

प्रकाशित मिति : २३ चैत्र २०७९, बिहीबार  ८ : ३२ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल