याङ्ग्री लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने « Khabarhub

याङ्ग्री लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरूको स्थायी आवासका लागि जग्गा खरिद सम्झौता गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते आएको बाढीबाट प्रभावित भई मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम याङ्ग्री दलित बस्तीका ११ घर परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा खरिद गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट प्रभावित एक सय ७९ घरधुरी लाभग्राही कायम भएका छन् । 

यीमध्ये १३ घर पुनःनिर्माण र बाँकीलाई पुनःस्थापना गर्नुपर्ने गाउँपालिकाका विपद् फोकलपर्सन तथा सूचना प्रविधि अधिकृत नारायण बञ्जरा क्षेत्रीले जानकारी दिनुभयो । अहिलेसम्म २२ लाभग्राहीको जग्गा खरिद भएको र पाँचले घर निर्माण सम्पन्न गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिए । बाढीबाट प्रभावितलाई आवास निर्माणका लागि रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख सरकारले दिने बताएको छ । 

यसमा गाउँपालिकाले १० र नगरले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ । विसं २०७८ असार १ गते र त्यसपछिको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले पाँच सय ५१ घर बगाएको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल