याङ्ग्री लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने « Khabarhub

याङ्ग्री लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरूको स्थायी आवासका लागि जग्गा खरिद सम्झौता गरिएको छ ।

पाँचपोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते आएको बाढीबाट प्रभावित भई मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७ बमोजिम याङ्ग्री दलित बस्तीका ११ घर परिवारलाई स्थायी आवास निर्माणका लागि जग्गा खरिद गरी सम्झौता गरिएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। बाढीबाट प्रभावित एक सय ७९ घरधुरी लाभग्राही कायम भएका छन् । 

यीमध्ये १३ घर पुनःनिर्माण र बाँकीलाई पुनःस्थापना गर्नुपर्ने गाउँपालिकाका विपद् फोकलपर्सन तथा सूचना प्रविधि अधिकृत नारायण बञ्जरा क्षेत्रीले जानकारी दिनुभयो । अहिलेसम्म २२ लाभग्राहीको जग्गा खरिद भएको र पाँचले घर निर्माण सम्पन्न गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि पौडेलले जानकारी दिए । बाढीबाट प्रभावितलाई आवास निर्माणका लागि रु पाँच लाख तथा जग्गा नहुनेलाई थप रु तीन लाख सरकारले दिने बताएको छ । 

यसमा गाउँपालिकाले १० र नगरले १५ प्रतिशत  साझेदारी गर्नुपर्ने छ । विसं २०७८ असार १ गते र त्यसपछिको बाढीले हेलम्बु, मेलम्ची र पाँचपोखरीमा गरी बाढीले पाँच सय ५१ घर बगाएको थियो । 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ७ : ०५ बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया