काभ्रेमा कोभिडकाे नयाँ भेरियन्टबाट २५ जना सङ्क्रमित « Khabarhub

काभ्रेमा कोभिडकाे नयाँ भेरियन्टबाट २५ जना सङ्क्रमित


२४ चैत्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकमा आज कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ को थप १४ मा सङ्क्रमण देखिएको छ ।

बितेको एक हप्तामा नयाँ भेरियन्टको ११ सङ्क्रमित रहेका थिए । करिब तीन महिनापछि जिल्लामा पाइएको सङ्क्रमण पाँच महिलासहित २५ रहेको जनाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलका अनुसार आज सङ्क्रमण पुष्टि भएकोमा बनेपा नगरपालिकाका दुई, धुलिखेलका दुई, पाँचखालका एक, पनौतीका सात तथा बेथानचोक र भुम्लु गाउँपालिकाको एक/एक रहेका छन् ।

काभ्रेपलाञ्चोकमा गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएका सबैमा कोभिडको नयाँ भेरियन्ट एक्सबीबी १.१६ पुष्टि भएको कार्यालयका प्रमुख डा पुरुषोत्तम सेढाइले बताए । सेढाइका अनुसार नमोबुद्ध नगरस्थित मेथिनकोट अस्पताल रुघाखोकी र ज्वरो आएर उपचारका लागि आएका बिरामीमा गरिएको परीक्षणमा नयाँ भेरियन्ट पुष्टि भएको हो । ‘नयाँ भेरियन्ट परीक्षण गराउन खर्चिलो भएकाले थप बिरामीलाई कोभिड नेगेटिभ र पोजेटिभ मात्रै परीक्षण गर्न थालेका छौँ’, सेढाइले भने । उनका अनुसार आज पुष्टि भएका सबैको लक्षण एउटै भएकाले नयाँ भेरियन्टकै सङ्क्रमित हुन् ।

यसअघि सङ्क्रमण पुष्टि भएका ११ मध्ये बनेपाका पाँच, पनौतिका चार र नमोबुद्धका दुई थिए । सङ्क्रमितहरू सबै होम आइशोलेसनमै उपचाररत रहेका छन् । स्वास्थ्य कार्यालयले स्थानीय सरकार तथा स्वास्थ्य कार्यालयले ‘ट्रेसिङ, टेस्टिङ र ट्रिटमेन्ट’ लाई प्राथमिकता राखेर अभियान सुरु गरेको जनाएको छ ।

यसैबीच कोभिड सङ्क्रमण दर बढ्न थालेपछि जिल्लास्थित कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिले सचेतना अपनाउने र आवश्यक तयारी गर्ने जनाएको छ । समितिले कोभिड महामारी फैलँदो अवस्थामा अपनाउनुपर्ने सुरक्षा उपाय, स्वास्थ्य सुरक्षाको मापदण्ड पालना तथा कोभिड विरुद्धको खोपलाई अनिवार्य गरिँदै लैजाने, जिल्लाका सबै अस्पताल ताथ स्वास्थ्य केन्द्रमा कोभिड विरुद्धको अभियानलाई आवश्यक व्यवस्थापन गर्ने सम्बन्धमा निर्णयसमेत गरेको छ ।

भीडभाड हुने स्थलमा अनिवार्य मास्कको प्रयोग गर्न, नियमित हात धुन तथा भौतिक दुरी कायम राख्न सर्वसाधारणलाई अपिल गर्ने र स्थानीय तह तथा स्वास्थ्य संस्थालाई कोभिड नियन्त्रण, व्यवस्थापन र उपचारका लागि तयारी अवस्थामा रहने गरी आवश्यक समन्वयका लागि अनुरोध गरिएको छ । अग्रपक्तिमा खटिने सुरक्षाकर्मी तथा उद्धारका लागि खटिने टिम तयार गरी आवश्यक स्वास्थ्य सुरक्षाका लागि पूर्वतयारी गरिएको जनाइएको छ ।

काभ्रेपलाञ्चोकमा हालसम्म १८ हजार एक सय ७४ लाई कोभिड–१९ सङ्क्रमण भएको थियो । यसमध्ये जिल्लाका एक सय ९६ को मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ६ : ३१ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल