लेसेलाई हराउँदै नेपोली उपाधि नजिक « Khabarhub

लेसेलाई हराउँदै नेपोली उपाधि नजिक


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए मा नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ। शुक्रवार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ।

शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो।

६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरेपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो।

आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ।

नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ।

पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ५१ बजे

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार