२६८ थान नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ « Khabarhub

२६८ थान नक्कली नोटसहित सर्लाहीबाट एक जना पक्राउ


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सर्लाही- सर्लाहीबाट २६८ थान नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बरहथवा नगरपालिका-१७ बागमती सिचाई नहरस्थित सडकबाट नेपाली एक हजार दरको २ सय ६८ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बलरा नगरपालिका-५ अर्नाहा बस्ने ३० वर्षीय रामप्रसाद रायलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरीले बिआर ३० एम ३८२५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक रामप्रसादबाट उक्त नोट बरामद गरेको हो । 

कागजको बन्डल २४ थान, २ रिम प्रिन्टर पेपर, र पत्रिका १ बन्डल पनि उनीबाट बरामद भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ५ : २१ बजे

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा

कांग्रेसले आयोजना गरेको महिला दौड (तस्बिरहरु)

काठमाडौँ– नेपाली कांग्रेसले ४४औँ बीपी स्मृति दिवसको अवसरमा शनिबार ललितपुरमा

टप एण्ड टी–२० : आज नेपाल र बंगलादेशको टोली खेल्ने

काठमाडौँ– अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा

पदाधिकारी मनोनयनमा नेताहरूलाई रविकाे ‘सरप्राइज’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले केन्द्रीय

इंग्लिस प्रिमियर लिग : आर्सनलको सानदार सुरुवात

काठमाडौँ– इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा साविक विजेता आर्सनलले सानदार