चितवनमा १८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ « Khabarhub

चितवनमा १८० किलो गाँजासहित भारतीय नागरिक पक्राउ


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितवनको राप्ती नगरपालिका–१, लोथरबाट १८० किलो अवैध लागूऔषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले बीआर ०६ जी २१२८ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाईछिपाई ल्याएको गाँजा फेला पारी ट्रक चालक भारत पूर्वी चम्पारण बिहार रक्सोल–८ बस्ने ३० वर्षीय कुन्दन पटेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक सुवास भटट्को कमाण्डमा खटिएको टोली विशेष सूचनाका आधारमा लागूऔषध गाँजासहित पटेललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए । बरामद भएको गाँजा सबैको रोहवरमा नष्ट गरिने उनले बताए ।

चालक पटेलले ट्रकको क्याबिनको भागमा फल्स बटम बनाई १६ वटा पोका बनाएर लुकाईछिपाई गाँजा ल्याउन खोजेको कार्कीले जानकारी दिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ५ : ३३ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने