स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा  « Khabarhub

स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा 


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

धनगढी– स्टार सिटी युवा क्लब कैलाली गौरीगंगा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । आयोजक गौरीगंगा–११ स्पोर्ट्स क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गरी स्टार सिटीले ‘जग शक्ति गोल्ड टिएमटी तेस्रो सुदूरपश्चिम गौरीगङ्गा गोल्ड कप’ को अन्तिम चारमा स्थान पक्का गरेको हो । 

निर्धारित समयमा दुवै टोलीले १–१ को बराबरी खेलेपछि खेल टाइब्रेकरमा गएको थियो । खेलको ८ औँ मिनेटमै स्टार सिटीका कमल देउवाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १–० मा रहेको खेलमा ७५ औँ मिनेटमा आयोजक गौरीगङ्गाका नीराजन धामीले १ गोल फर्काएपछि खेल बराबरीमा सकियो । टाइब्रेकरमा स्टार सिटीका कुशल देउवा, माधव भण्डारी, किरण बोहरा र विष्णु चौधरीले गोल गरे । गौरीगंगा स्पोर्ट्सका तर्फबाट प्रकाश बोहरा, भरत बोगटी र सन्दीप कडायतले मात्र गोल गर्न सके । 

प्रतियोगिता अन्तरगत आइतबार बाजुरा र नवलपरासी आमनेसामने हुनेछन् । विजेता टोली अन्तिम चारमा पुग्ने छ । स्टार सिटीसँगै  बर्दियाको नव युवा मैत्री भाव एकता समाज क्लब र बाँकेको रेसिङ सहारा क्लब यस अघि नै सेमिफाइनल पुगिसकेका छन् ।

‘खेलौँ फुटबल रमेर, खेलकुदको सन्देश, शान्ति स्थायित्व र एकताबद्ध देश’ भन्ने नाराका साथ गौरीगङ्गा–११ स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगिता चैत ३० गतेसम्म सञ्चालन हुने छ । १० टोलीले सहभागिता जनाएको प्रतियोगिताको विजेतालाई ट्रफी सहित नगद ४ लाख र उपविजेता लाई ट्रफी सहित नगद २ लाख पुरस्कार प्रदान गरिने छ भने सर्वोत्कृष्ट खेलाडीलाई नगद ५० हजार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 

साथै सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई विधागत रूपमा ट्रफी सहित नगद १० हजार पुरस्कार दिइने छ । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्न, नगर क्षेत्रमा खेलकुदको चहलपहल बढाउन, व्यावसायिक खेलाडी बनाउन तथा युवालाई खेलकुदमा लाग्न अभिप्रेरित गर्नका लागि प्रतियोगिता गरिरहेको क्लबका अध्यक्ष दिनेश कलेलले जानकारी दिए । 

प्रतियोगिताको मुख्य प्रायोजकमा जगदम्बा इन्टरप्राइजेजको उत्पादन जग शक्ति गोल्ड टिएमटी फलामे छड रहेको छ । मुख्य प्रवर्द्धकमा गौरीगङ्गा नगरपालिका, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, राष्ट्रिय खेलकुद परिषद्, नेपाल टेलिकम रहेका छन् । प्रतियोगिताको प्रायोजकहरूमा सतराज ईन्टरनेशनल, न्यु प्लानेट इन्जिनियरिङ, केवी सौगात क्लिनिक र वेष्टन लिकर्स रहेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ५९ बजे

मतदातासमक्ष एमाले महासचिव पोखरेलका पाँच संकल्प 

देउखुरी– दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा

गगनले भने : हिजो माओवादीले मान्छे मारिरहँदा नक्कली शरणार्थी बनेर मस्ती मार्नेहरूलाई नपत्याउनू

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले माओवादी युद्धका समयमा नक्कली

‘अबको पाँच वर्षलाई खेर जान दिँदैनौँ, हरेक महिनाको प्रगति विवरण सार्वजनिक गर्छौँ’

सुर्खेत- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले अबको पाँच वर्षलाई स्वर्णिम

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार