इरानका विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्दै « Khabarhub

इरानका विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्दै


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका विभिन्न विद्यालयमा शनिबार दर्जनौं छात्रालाई विष खुवाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नोभेम्बरको अन्त्यदेखि छात्राहरूलाई मात्र पढाइ गरिने धेरै विद्यालयहरू ग्याँस वा विषाक्त पदार्थहरूको सेवनका घटनाहरूबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा यस्ता घटनाका कारण विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

तेलको धनी दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको हाफ्टकेल शहरको एक बालिका विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको सरकारी टेलिभिजनको आईआरआईबी समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

“उत्तरपश्चिमको अर्दाबिलका पाँच वटा विद्यालयमा’ थुप्रै छात्रामा विषाक्त वस्तु सेवनका कारण ‘झर्किने, सास फेर्न गाह्रो हुने र टाउको दुख्ने’ लक्षण देखिएको प्रान्तीय चिकित्सा अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् ।

पश्चिम अजरबैजान प्रान्तको राजधानी उर्मियाको उत्तरपश्चिमी शहरमा ‘धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको’ आईएलएनए समाचार संस्थाले जनाएको छ ।

मार्च ७ मा उपलब्ध गराइएको आधिकारिक गणनाअनुसार देशका ३१ प्रान्तमध्ये २५ मा रहेका २३० भन्दा बढी प्रतिष्ठानमा ‘पाँच हजारभन्दा बढी विद्यार्थीहरू’ यस्तै विषाक्तताबाट प्रभावित भएका छन् ।

यी घटनाको छानबिनका लागि गठित राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले ‘अन्तिम प्रतिवेदन’ दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ३७ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल