आगलागीबाट दश लाखको धनमाल क्षति « Khabarhub

आगलागीबाट दश लाखको धनमाल क्षति


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महोत्तरीको सोनमा–१ मा आज दिउँसो आगलागी हुँदा रु १० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । सोनमा बस्तीका मनोहर ठाकुर, इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

विद्युत् चुहिएर (विद्युत सर्ट भएर) सल्केको आगोले तीनवटा घर जलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्लले जानकारी दिए।

आगलागीबाट तीनवटै घरमा राखिएको अन्नपात, खाना पकाउने ग्यास सिलिन्डर, लत्ताकपडालगायतका धनमाल नोक्सान भएको छ । आगलागीको लप्काले घर नजिकैको परालको कुन्यू भेट्टाउँदा बतासले चाँडै आगो फैलिएको थियो । आगो स्थानीय समुदाय, प्रहरी र सम्सीको बारुणयन्त्रबाट एक घण्टाको प्रयत्नले नियन्त्रण भएको प्रहरीले जनाएको छ ।

आगलागी भएका बखत घरका सबै परिवार काममा खेतबारी गएका थिए । जिल्लाको सुदूरपश्चिम–दक्षिणी भेगमा पर्ने यो बस्ती सदरमुकाम जलेश्वरबाट करिब ३० किलोमिटर दूरीमा पर्छ । चैत–वैशाख मधेसमा आगलागीका घटना बाक्लै हुने मौसम मानिन्छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ४६ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल