सेयर बजारमा २८.३१ अंकको गिरावट « Khabarhub

सेयर बजारमा २८.३१ अंकको गिरावट


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ओरालो लागेको छ । बिहीबार नेप्से परिसूचक २८.३१ अंकले ओरालो लागि १८३८.४८ को बिन्दुमा आएर रोकिएको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.२४ अंकले घटेर ३४८.७९ विन्दुमा पुगेको छ।

यसअघि बिहीबार कारोबारमा भने नेप्से परिसूचक ८.२८ अंकले घटेर १८६६.७७ विन्दुमा अडिएको थियो थियो  । सोही दिन ९२ करोड रुपैयाँ भन्दाबढीको कारोबार भएको थियो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गिरावट आए पनि कारोबार रकम भने बढेको छ । कूल २६८ कम्पनीको ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब १५ करोड भन्दाबढी रुपैयाँको कारोबार भएको छ।

यसैगरी, नेप्से सुचकमा १५ कम्पनीमा वृद्धि भएको छ । २०१ कम्पनीमा ओरालो लागेको छ । कारोबारको आधारमा नविल बैंक र सिवम सिमेन्ट शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीहरूको ५ करोड ७८ लाखको कारोबार गरेको छ । आइतबार सबै उपसुचकहरु राताम्मै भएको छ । सबैभन्दा धेरै हाइड्रोपावर सुचकको २.३५ प्रतिशतले मूल्य घटेको छ । 

कालिन्चोक दर्शनको करिब १० प्रतिशतको सेयर कारोबार भएको छ । यस कम्पनीले सर्वाधिक कमाएको छ। सानिमा ग्रोथ फण्डको ६.४६ प्रतिशतको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ५९ बजे

निर्वाचन ५३ दिन बाँकीः सामाजिक सञ्जाल आचारसंहिताको दायरामा

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउने

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २७ गते आइतबार तदनुसार

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको