भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी « Khabarhub

भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– भारतमा बाघको सङ्ख्या तीन हजारभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) ले जनाएको छ ।  बाघको सङ्ख्या बढ्नुलाई भारतले लोपोन्मुख प्रजातिको संरक्षणको प्रयासमा सरकार सफल भएको बताएको छ । 

बिरालो प्रजातिहरूमध्ये सबैभन्दा ठूलो बाघका लागि कुनै समय मध्य, पूर्वी र दक्षिणी एसिया महत्वपूर्ण क्षेत्र मानिन्थ्यो । आइयुसीएनका अनुसार विगत १०० वर्षमा बाघले आफ्नो ऐतिहासिक दायराको ९३ प्रतिशतभन्दा बढी हिस्सा गुमाइसकेको छ र अहिले १३ देशमा सिमित सङ्ख्यामा छरिएर मात्र बाघको अस्तित्व जोगिएको छ । 

भारतीय गणनाअनुसार देशभर तीन हजार १६७ वटा बाघ रहेका छन् भने यस पहिलेको गणनामा यो सङ्ख्या दुई हजार ९६७ थियो । विश्वभर प्रत्येक चार वर्षमा क्यामेरा ट्रयाप र कम्प्युटरको प्रयोग गरेर प्रत्येक प्राणीको पहिचान गर्न सर्वेक्षण गरिन्छ ।

अघिल्लो चार वर्षमा ३० प्रतिशतभन्दा बढी वृद्धि दर रहेकोमा यो अवधिमा यो दर घटेर सात प्रतिशतभन्दा कममा झरेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ सङ्ख्यालाई ‘गर्वको क्षण’ भने  । वन फँडानी, अवैध शिकार र वासस्थानमाथिको मानव अतिक्रमणका कारण एसियाभरि बाघको सङ्ख्या नष्ट भएको छ तर मोदीले भने, ‘जनताको सहभागिता र देशको संरक्षणको संस्कृति का कारण भारतले बाघको सङ्ख्या बढाउन भारत सफल भएको छ ।’

अहिले विश्वमा बाघको सङ्ख्याको ७५ प्रतिशत हिस्सा भारतमै रहेको र ‘विश्वकै सबैभन्दा ठूलो बाघ रेन्ज भएको देश’ रहेको उनले बताए । 

सन् १९०० मा एक लाख भन्दा बढी बाघहरू यस ग्रहमा घुमिरहेको अनुमान गरिएको थियो । तर सन् २०१० मा यो सङ्ख्या तीन हजार २०० मा झरेको थियो ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : २३ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र