महानगरद्वारा कर संकलन अभियान सञ्चालन  « Khabarhub

महानगरद्वारा कर संकलन अभियान सञ्चालन 


२६ चैत्र २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

विराटनगर– विराटनगर महानगरपालिकाको आन्तरिक आय अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा सदस्यसमेत रहेका सम्पर्क व्यक्तिका लागि क्षमता वृद्धि तालिम सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने तालिममा कर विज्ञ खगेन्द्र खतिवडाले सहजीकरण गर्ने र तालिममा १९ वटै वडाका सम्पर्क व्यक्ति सहभागी छन् । महानगरले आफ्नो आन्तरिक आय बढाउन हरेक वडामा सदस्यलाई चार वर्षका लागि सम्पर्क व्यक्ति तोकेको छ । 

तोकिएका सम्पर्क व्यक्तिले स्वयम्सेवकसँगै घरदैलोमा जाने, कर बढाउन अभियान सञ्चालन गर्ने, करको दायरामा ल्याउन करदाता शिक्षा अभियान सञ्चालन गर्नेसहित विकास निर्माणका विषयमा सहजीकरण गर्दै आएका छन् । करका विषयमा समस्या आए सम्पर्क व्यक्तिले महानगरसँग समन्वय गरेर समाधान गर्नेछन् । प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले आन्तरिक आय वृद्धिका लागि महानगरले कर संकलन अभियान सञ्चालन गरिरहेको बताए । 

आन्तरिक आय बलियो नबनाएसम्म विकास निर्माणले गति लिन नसक्ने उनको भनाइ थियो । सो अवसरमा राजस्व महाशाखा प्रमुख सरोज गौतम, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले वडास्तरमै जनप्रतिनिधिलाई सम्पर्क व्यक्ति तोक्दा कर संकलन अभियान प्रभावकारी भएको दाबी गरे ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ७ : ५१ बजे

शुक्रबारका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

आज २०८३ साल भदौ २६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २६ गते शुक्रबार सन् २०२६

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र