अमेरिकी युद्धपोत ‘अवैध रूपमा घुसपैठ’ भएको चीनको दाबी | Khabarhub Khabarhub

अमेरिकी युद्धपोत ‘अवैध रूपमा घुसपैठ’ भएको चीनको दाबी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- दक्षिण चीन सागरको जल क्षेत्रमा अमेरिकी युद्धपोतको ‘अवैध’ घुसपैठ भएको भन्दै चीनले सोमबार निन्दा गरेको छ ।

अमेरिकी नौसेनाले आफ्नो निर्देशित क्षेप्यास्त्र विध्वंसक युएसएस मिलियस उक्त क्षेत्र भएर गएको बताएपछि चीनको उक्त प्रतिक्रिया आएको हो ।

चिनियाँ सेनाको ‘साउदर्न थिएटर कमान्ड’ का प्रवक्ता तियान जुनलीले एक विज्ञप्ति जारी गरी क्षेप्यास्त्र नाशक युएसएस मिलियसले चिनियाँ सरकारको अनुमतिबिना चीनको नान्सा टापुको मेइजी रीफसँग जोडिएको पानीमा अवैध रूपमा प्रवेश गरेको पुष्टि गरेका छन् ।

चिनियाँ वायु सेनाले ‘जहाजको अनुगमन र निगरानी गरेको’ बताएको छ ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १ : ०० बजे

एमाले युवाहरूको पार्टी हो : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले एमाले युवाहरूको

सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइयो बूढी पोल्ने पर्व

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा आज बूढी पोल्ने पर्व

सुडानको इआरआर आपतकालीन नेटवर्कलाई नर्वेको राफ्टो मानव अधिकार पुरस्कार

एजेन्सी– युद्ध र अनिकालको चपेटामा परेका सुडानीहरूलाई सहयोग पुर्‍याउँदै आफ्नो

नेपाल टेलिकमले ल्यायो ‘संविधान दिवस’ अफर

काठमाडौं– नेपाल टेलिकमले संविधान दिवस २०८२ को अवसरमा ग्राहकहरूका लागि ‘संविधान

गाजा सहर छोड्न नयाँ सुरक्षित मार्ग खुला : इजरायली सेना

एजेन्सी– इजरायली सेनाले बुधबार गाजा सहरबाट मानिसहरूलाई भाग्न दिनका लागि