दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको अमेरिकी दाबी « Khabarhub

दक्षिण चीन सागरमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको अमेरिकी दाबी


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी नौसेनाले आफ्नो मानव निर्देशित शक्तिशाली क्षेप्यास्त्र (युएसएस मिलियस) ले सोमबार दक्षिण चीन सागरको बेइजिङले दाबी गरेको जलक्षेत्रमा ‘फ्रिडम अफ नेभिगेसन’ अभियान चलाएको जनाएको छ ।

उक्त अभियानले समुद्रको अधिकार, स्वतन्त्रता र कानुनी प्रयोगलाई समर्थन गरेको अमेरिकी नौसेनाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अमेरिकाले स्प्राट्ली टापु नजिकको दक्षिण चीन सागरमा नौपरिवहन अधिकार र स्वतन्त्रताको वकालत गरेको थियो । उसले यो अन्तर्राष्ट्रिय कानून अनुकूल भएको बताएको छ ।

उक्त अपरेसनपछि मिलियसले ‘दाबी क्षेत्रबाट अत्यधिक बाहिर निस्केर दक्षिण चीन सागरमा आफ्नो गतिविधि जारी राखेको’ बताएको छ ।

उक्त जहाज ताइवानको मुख्य भूमिको दक्षिणी टुप्पोबाट करिब एक हजार ४०० किलोमिटर (८६० माइल) टाढा मिस्चिफ रीफको १२ नटिकल माइलभित्र पुगेको थियो ।

चिनियाँ लडाकू विमान र युद्धपोतहरूले ताइवानको वरिपरि तीन दिनको सैन्य अभ्यास गरिरहेका छन्, टापुमा ‘सिम्युलेटेड’ आक्रमणहरू पनि समावेश छन् ।

गत साता ताइवानका राष्ट्रपति साई इङ–वेन र अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीबीच लस एन्जलसबाहिर भेटवार्ता भएको थियो ।

चीनको यो अभ्यासको ताइपेइले निन्दा गरेको छ र वासिङ्टनले ‘बेइजिङको गतिविधिलाई नजिकबाट नियालिरहेको’ बताएको छ ।

सोमबार बेइजिङले ’जिउँदो गोलाबारुद’ बोकेका लडाकु विमानले ताइवाननजिकै अभ्यास आक्रमण (सिम्युलेटेड स्ट्राइक) गरेको र यो शान्डोङ विमानवाहक पोत जारी अभ्यासमा संलग्न रहेको बताएको थियो ।

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : ३१ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको