बाली सखाप पार्ने बाँदर नियन्त्रण गर्न पालिकासँग माग « Khabarhub

बाली सखाप पार्ने बाँदर नियन्त्रण गर्न पालिकासँग माग


२७ चैत्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


351
Shares
  • change font
  • change font
  • change font

बलेवा– मकैको बिरुवा नउम्रिँदै बाँदरले खेतबारीको डिल कुर्छ । गत वर्ष बाँदरकै कारण मकैको उत्पादनमा क्षति व्यहोरेका बागलुङ बडिगाड गाउँपालिकाका किसानले बीउसँगै बाँदर नियन्त्रणका उपाय खोज्न पालिकासँग आग्रह गरेका छन् । गाउँपालिकाबाट बीउ पाएपछि किसान सुरेन्द्र केसीले भने, ‘यो क्षेत्रमा बाँदरले निकै दुःख दिन्छ । सिँचाइ समस्याका लागि अहिले वडाले काम गरिरहेको छ । त्यसले केही सहज होला तर बाँदर नियन्त्रणमा काम गर्दिनुपर्‍यो ।’

पहिलेभन्दा यो पटक बाँदरको सङ्ख्या बढेको भन्दै केसीले खेतबारीमा मात्र नभई घरमा बाँदरले दुःख दिने गरेको बताए। उनले बाँदरका कारण घरका खाद्यान्न जोगाउन मुस्किल भएको बताए। मकै रोप्ने बेला बीउका लागि भौँतारिने सुरेन्द्र केसीलाई यो वर्ष त्यसको चिन्ता भएन । 

गाउँपालिका–९ का केसीको खेतबारीमा मकै फल्छ । यो वर्ष पालिकाको कृषि शाखाले किसानले मागेअनुसारकै बीउ दियो । बीउ पाएपछि खोज्ने झण्झटट¥र्यो तर बाली जोगाउने चुनौतीले उनलाई सताउन थालेको छ । बीउको पोका हातमा नराख्दै उनले बाँदर सम्झिए । पोहोर जस्तै यसपटक बाँदरले सताए बाली कसरी जोगाउने ? गाउँपालिकाले मकैबाली प्रवर्द्धन कार्यक्रममार्फत वडामै पुगेर बीउ बाँडिरहेको छ । बीउ पाएका किसानमा भने उत्साह र निराशा दुवै छ । 

‘पहिला मकैको बीउका लागि धेरै ठाउँमा खोजी गर्नुपथ्र्यो’, केसीले भने, ‘बागलुङ, पोखरा तथा बुटवलबाट व्यापारीलाई बीउ मगाउँदा लगाउनै ढिलो हुन्थ्यो । अहिले बीउ घरै आयो तर मकै कसरी जोगाउने भन्ने चिन्ता छ ।’

यस वर्ष बडिगार्डले मकैबाली प्रवर्द्धन कार्यक्रममार्फत पाँच वटा वडामा काम गर्दैछ । वडा नं ४, ५, ६, ९ र १० मा मकै बाली प्रवर्द्धनका लागि २० लाख २० हजार बजेट छ । मकैबाली प्रवर्द्धन कार्यक्रम लागू भएका वडामा कृषक समूह गठन गरेर मकैको बीउ वितरण भइरहेको कृषि शाखाका प्रमुख ईश्वर वलीले बताए । वडामा मकैको बीउसँगै कोसे तरकारी बालीको बीउसमेत निःशुल्क वितरण गरिएको छ । 

बडिगाड–१ दगातुम्डाँडामा उत्पादन भएको ‘मनकामना–३’ जातको मकैको बीउ किसानलाई वितरण गरिएको वलीले बताए। ‘मकैको बीउ ९० रुपैयाँमा खरिद गरेर किसानलाई ५० प्रतिशत अनुदानमा प्रतिकेजी ४५ रुपैयाँमा उपलब्ध गराएका छौँ’, उनले भने। बीउ पाएका सबै किसानले बाँदरका कारण बाली जोगाउन सकस हुने गरेको सुनाएका थिए । 

गाउँपालिका-१, २ र ३ मा मकै पकेट क्षेत्र कार्यक्रम र अन्य वडामा मकैबाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत बीउ वितरण गरिएको हो । मध्य पहाडमा उपयुक्त हुने मनकामना-३ मकैको बीउ सेतो जातको हुन्छ । खान निकै स्वादिष्ट हुने भएपछि किसानको रोजाइमा यो बीउ परेको वलीले बताए । 

प्रकाशित मिति : २७ चैत्र २०७९, सोमबार  १२ : २७ बजे

गोकर्णेश्वरमा पितृभक्तको घुइँचो

काठमाडौं– काठमाडौँ उपत्यकाको प्रर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर वरपर

जलविद्युत् आयोजनाले बढायो वनको राजस्व

म्याग्दी– जलविद्युत् तथा प्रसारण लाइन आयोजनाले सरकारी वन क्षेत्र प्रयोग

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको