काठमाडौँ- सोलुखुम्बुमा एक जना किशोरीले आत्मदाहको प्रयास गरेकी छन् । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका ५ जुबुकी १६ वर्षीया सकुन्तला तामाङले खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लामा आफ्नै शरीरमा आगो लगाई आत्मदाहको प्रयास गरेकी हुन् ।
किशोरीले शरीरमा आगो लगाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक राम किशोर शाहले बताए ।
आगोले उनको शरीरको विभिन्न भाग जलेको प्रहरीले जनाएको छ । बचाउन गएका किशोरीकी आमा राधा कुमारी राई तामाङ समेत सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुबै जनाको खुम्बु पासाङ ल्हामु गाउँपालिका २ स्थित पासाङ ल्हामु निकोलनिकी अस्पतालमा उपचार भइरहेको जनाइएको छ । घटनाको कारण खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया