बेरोजगारको आवेदन चैतदेखि, ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना « Khabarhub

बेरोजगारको आवेदन चैतदेखि, ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना


२ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले १८ देखि ५९ वर्षका बेरोजगारलाई न्यूनतम रोजगरी सुनिश्चित गर्ने भन्दै बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ।

यस वर्ष यो कार्यक्रमका लागि बजेटमा तीन अर्ब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ। यस कार्याक्रमले ५ वर्षभित्र झन्डै ७ लाख रोजगार सिर्जना हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ।

मन्त्रालयले यो कार्यक्रम प्रदेश र स्थानीय तहसँग समन्वय गरी रोजगार सेवा केन्द्रमार्फत कार्यान्वयन गर्ने छ भन्ने खबर कान्तिपुर दैनिकमा छ।

स्थानीय तहमा हुने रोजगार सेवा केन्द्रले आउँदो चैत्र महिनाभरि बेरोजगार व्यक्तिको निवेदन लिनेछ। बेरोजगार व्यक्ति आफैले आफ्नो वडा कार्यालायको सिफारिस लिई सेवा केन्द्रमा पेस गर्नुपर्छ। निवेदन पेस गरेको १५ दिनभित्र केन्द्रले छानबिन गर्नेछ।

गाँउ-नगरपालिकाको निर्णयबाट पहिचान भएका बेरोजगारलाई केन्द्रले परिचयपत्र उपलब्ध गराउने छ। केन्द्रले रोजगार व्यवस्थापन सूचना प्रणालीमा बेरोजगार व्यवस्थानि सूचना प्रणालीमा बेरोजगारीलाई सूचीकृत गर्छ।

प्रकाशित मिति : २ फाल्गुन २०७५, बिहीबार  ५ : १५ बजे

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका

कांग्रेस अधिवेशनमा सहभागी शिक्षकलाई कारबाही गर्न निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसको वडा अधिवेशनमा सहभागी भएका शिक्षकलाई कारबाही

ओलीको बचाउ गर्दै रामकुमारी : नेतृत्व परिवर्तनको बहस फेसन

काठमाडौँ । नेकपा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले स्थापित दलहरुमा

अध्यक्षविरुद्धका सबै प्रयास असफल भए : महेश बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले अध्यक्ष केपी शर्मा

राष्ट्रसंघको महासभाअघि रुस र युक्रेनबीच घातक आक्रमण-प्रतिआक्रमण

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा युक्रेन युद्धबारे व्यापक छलफल हुने