पाकिस्तानमा आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु | Khabarhub Khabarhub

पाकिस्तानमा आतङ्कवादी र प्रहरीबीच भएको झडपमा चार प्रहरीको मृत्यु


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दक्षिण पश्चिम पाकिस्तानमा आतङ्कवादीसँग भएको झडपमा परी चार जना प्रहरीको मृत्यु भएको छ । बलुचिस्तान प्रान्तमा आतङ्कवादीसँग भएको झडपमा चार जना प्रहरीले ज्यान गुमाएको पाकिस्तानका कानून कार्यान्वयन निकायले जनाएका छन् ।

प्रान्तीय राजधानी क्वेटामा आतङ्कवादी गतिविधिबारे गुप्तचर सूचना पाएपछि प्रहरीले खोजी अभियान चलाइरहेका बेला दुई पक्षबीच गोली हानाहान भएको थियो । त्यसक्रममा दुई जना प्रहरीको घटनास्थलमै मृत्यु भएको तथा अन्य दुई जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले विद्रोहीतर्फ भएको क्षतिबारे जानकारी दिएको छैन ।

सोमबार सोही शहरमा भएका दुई वटा विष्फोटमा चार जनाको ज्यान गएको थियो । घटनामा १९ जना घाइते भएका थिए । घटनापछि प्रहरीले आतङ्कवादीविरुद्ध खोजी अभियान थालेको थियो । आक्रमणको जिम्मेवारी प्रतिबन्धितत बलुचिस्तान लिबरेशन आर्मीले लिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १ : ३६ बजे

संयमित बनौ, हामी फेरि उठ्ने छौं : एमाले महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर

राष्ट्रहितका लागि क्रियाशील रहन प्रहरीको अनुरोध

काठमाडौं – नेपाल प्रहरीले विधिको शासन स्थापित गर्न सम्पूर्ण नेपालीको

नेपालमा भएको हिंसा हृदयविदारक छः मोदी

काठमाडौं – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको हिंसा हृदयविदारक भएको

नेपाली सेनाको विशेष सुरक्षा : लुटपाटमा संलग्न २६ जना पक्राउ

काठमाडौं – मंगलबार रातिदेखि नेपाली सेनाको विशेष सुरक्षा रणनीति अनुसार

बैंक लुटपाटमा संलग्नलाई सेनाले गर्यो पक्राउ

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई नेपाली