नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ | Khabarhub Khabarhub

नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानून व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

यसरी ठगीमा उनले अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको उनले बताए। उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि भेटिएको छ । उनले अहिलेसम्म रु ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट रु ७० लाखभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ ।

उनको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशम्शेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशम्शेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ । यस्तै विभिन्न अदालनबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले बताए ।

रिजालले उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : १० बजे

ग्वार्को ‘फ्लाई ओभर’ आज उद्घाटन हुँदै : लागत ३१ करोड ४६ लाख

काठमाडौं – उपत्यकाको निकै व्यस्त सडकका रूपमा रहेको ललितपुरस्थित ग्वार्को

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

आज २०८२ साल असार ६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार ६ गते शुक्रबार। असार

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले