नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ « Khabarhub

नक्कली वकिल बनेर ठगी गर्ने एक जना पक्राउ


२८ चैत्र २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक व्यक्तिले नक्कली वकिल बनेर ठूलो रकम ठगी गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका–१२ का ४९ वर्षीय मानबहादुर सिंहले आफू कानून व्यवसायी हुँ भन्दै ठूलो रकम ठगी गरेको पाइएको हो । उनलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ।

उनले मुद्दाको पुनरावलोकन गरिदिने र कारागारमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै ठगी गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।

यसरी ठगीमा उनले अर्काको लाइसेन्स नम्बर दुरुपयोग गरेको पनि पाइएको उनले बताए। उनले विभिन्न ठाउँमा आफ्नो नाम भरतविक्रम सिंह, भक्तबहादुर सिंह, भरतबहादुर सिंह भनेर चिनाउने गरेका पनि भेटिएको छ । उनले अहिलेसम्म रु ३१ लाख ठगी गरेको फेला परेको र उनको साथबाट रु ७० लाखभन्दा बढी रकम उल्लेख गरिएको विभिन्न बैंकका चेक बरामद गरिएको छ ।

उनको साथबाट सर्वोच्च अदालतबाट जारी भएको वादी नेपाल सरकार प्रतिवादी नारायणशम्शेर जबरा भएको मुद्दाको चैत २९ गतेको तारेखको पर्चा र नारायणशम्शेर जबराले बैंकिङ कसुर मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको पुनरावेदनको प्रतिलिपि पनि बरामद गरिएको छ । यस्तै विभिन्न अदालनबाट जारी भएको तारेख पर्चा पनि बरामद भएको रिजालले बताए ।

रिजालले उनीमाथि ठगीसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिँदै उनीबाट ठगीमा परेको भए सम्पर्कमा आउन पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७९, मंगलबार  १० : १० बजे

कञ्चनपुरमा भारतको एक करोड ९० लाख सहयोमा विद्यालय भवन निर्माण थालियो

काठमाडौं– कञ्चनपुरको भीमदत्त नगरपालिका–१० स्थित श्री महेश्वर माध्यमिक विद्यालयको नयाँ

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय