मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार | Khabarhub Khabarhub

मुम्बईको पहिलो जित, दिल्लीको चौथो हार


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्सले पहिलो जित निकालेको छ।

अरुण जेट्ली रंगशालामा गएराति भएको खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्‍यो। लिगमा दिल्लीको यो लगातार चौथो हार हो। दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईका लागि कप्तान तथा ओपनर रोहित शर्माले ४५ बलमा ६ चौका र ४ छक्काको सहयोगमा ६५ रनको अर्धशतकीय ईनिङ खेले । तिलक वर्माले ४१, इशान किसनले ३१, क्यामेरोन ग्रीनले १७ र टिम डेविडले १३ रन बनाए।

त्यसअघि टस हारेर ब्याटिङमा आएको दिल्लीले १९ दमलव ४ ओभरमा सबै विकेट गुमाएर १७२ रन बनाएको थियो।

तेस्रो खेलमा पहिलो जित हात पारेको मुम्बई २ अंकका साथ लिगको आठौं स्थानमा रहेको छ भने चार खेलमा अंकबिहिन दिल्ली पुछारमा छ ।

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ७ : ५९ बजे

केपीसँग चर्काचर्कीबारे वामदेवको दाबी- तपाईंलाई ढालेर माइन्युट खोस्छु, आगो लगाइदिन्छु भनेँ

काठमाडौं- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम चार वर्ष

नेपाल हवाई सेवा प्राधिकरण विधेयकमाथि संशोधनकर्तासँग छलफल

काठमाडौं–  प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा नेपाल हवाई सेवा

लागूऔषध कारोबारी खोजी गर्दा भेटिए ज्यान मुद्दाका फरार अभियुक्त

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधको कारोबारीको खोजी गर्दा ज्यान

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज– उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै जान

पार्टीमा साहित्यकार र कलाकार भित्र्याउँदै प्रचण्ड 

काठमाडौं– नेकपा माओवादी केन्द्रले नेपाली कला, साहित्य र राजनीतिक क्षेत्रमा