वैदेशिक रोजगार विभागद्वारा तीन अनुगमन समिति गठन « Khabarhub

वैदेशिक रोजगार विभागद्वारा तीन अनुगमन समिति गठन


२९ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वैदेशिक रोजगार विभागले विभागबाट भइरहेको अनुगमन कार्यलाई नियमित, व्यवस्थित गर्न तीन वटा अनुसन्धान समिति गठन गरेको छ ।

विभागले अनुगमनलाई व्यवस्थित बनाउन तथा ठगी नियन्त्रणको कार्यलाई अझ बढी नतिजामुखी बनाउने गरी छुट्टाछुट्टै तीन वटा अनुगमन समिति गठन गरी परिचालन गरेको जनाएको हो ।

विभागले एक प्रेस विज्ञप्ति प्रकाशित गरी विभागले गर्दै आएको अनुगमनलाई नियमित, व्यवस्थित बनाउन ठगी नियन्त्रण गर्ने उद्देश्यले विभागका निर्देशकको संयोजकत्वमा अन्य अधिकृत र कर्मचारी सदस्य रहने गरी अलगअलग तीन वटा अनुगमन समिति बनाइएको जनाएको छ ।

उक्त अनुगमन समितिले म्यानपावर कम्पनी, अभिमुखीकरण तालिम प्रदायकलगायत वैदेशिक रोजगारको प्रक्रियासँग प्रत्यक्ष जोडिएका निकायको अनुगमन गर्नेसमेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “विभागबाट खटिएको टोलीलाई आवश्यक कागजात, विवरण तथा जानकारी उपलब्ध गराई अनुगमन कार्यलाई सहयोग पु¥याउन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ ।”

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ९ : २४ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर