सभापतिको डेरा डुबेपछि…. « Khabarhub

सभापतिको डेरा डुबेपछि….


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको बसेको कोलोनी डुवानमा पर्दा उनी पीडित बनेका छन् ।

कुलेश्वरस्थित ओरियन्ट कोलोनीको एउटा ब्लकको भुइतलामा बसेका श्रीवास्तव शुक्रवारको बाढी घर भित्र पस्दा तनावमा परेका छन् ।

बाढी कोठमा भित्र पस्दा उनका अधिकांश सामान विग्रिएका छन् । खान पकाउने कोठामा लेदो जम्मा भएको छ । कोठामा खाट, सोफा समेत डुबेको छ । कोठा डुवानमा परेपछि उनी अहिले एउटा होटलमा बसिरहेका छन् ।

पर्सा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद श्रीवास्तव करिब १२ वर्षदेखि उक्त कोलोनिमा बस्दै आएका थिए । बाढीको समयमा आफू कोठामै रहेको र बाढीकोठामा पस्न थालेपछि भाग्नु परेको उनले बताए ।

उनलाई आफ्नो निर्वाचन क्षेत्रबाट पीडितहरुले निरन्तर फोन गरेर राहतको व्यवस्थाको माग गरिरहेका हुन्छन् । उनको निर्वाचन क्षेत्रमा १० जनाको मृत्यु भएको छ ।‘उतावाट साथीहरुले फोन गर्नु हुन्छ, राहतको व्यवस्था गर्न भन्नु हुन्छ । मेरो क्षेत्रमा १० जना भन्दा धेरैको मृत्यु भएको छ, श्रीवास्तवले भने,‘उहाँहरु उता पीडित हुनुहुन्छ म यता पीडित भएको छु !’

बाढी पीडित भएका उनले अहिले कोठा खोजी रहेका छन् । बानेश्वमा कोठा फेला परेका श्रीवास्तवले सांसदको रुपमा आउने कोठाभाडा २५ हजारले नपुग्ने बताए । ‘बानेश्वारमा कोठाको भाडा ६० हजार भनेका छन्,’ उनले भने घरपट्टीसँग भाडा मिलाइदिन आग्रह गरेको छु । ’

सभापति श्रीवास्तव नै डुवान पीडित भएपछि आइतबार बस्ने भनिएको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ६ : ५६ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ