महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने « Khabarhub

महासङ्घको वरिष्ठ उपाध्यक्षमा पुनः निर्वाचन हुने


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षका लागि पुनः निर्वाचन हुने भएको छ ।

मुख्य निर्वाचन अधिकृत लिलामणि पौडेलका अनुसार वरिष्ठ उपाध्यक्षका लागि आज दिउँसो २ बजेदेखि ५ बजेसम्म निर्वाचन हुनेछ । तीन प्रतिष्पर्धी रामचन्द्र संघई, उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठमध्ये पहिलो चरणमा कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा पुनः निर्वाचन हुन लागेको हो ।

पहिलो चरणको निर्वाचनबाट रामचन्द्र संघई बाहिरिएका छन् । अब दोस्रो चरणमा उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठबीच प्रतिष्पर्धा हुनेछ । जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जन श्रेष्ठले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरे भने उमेशलाल श्रेष्ठले ३१ दशमलव ५१ मत प्राप्त गरेका छन् । साथै रामचन्द्र संघईले ३० दशमलव ४६ मत प्राप्त गरे ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ । महासंघको बुधबार भएको निर्वाचन भएको थियो । जसमध्ये वरिष्ठ उपाध्यक्षतर्फको मतगणना आज विहान सकिएको हो ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले ६१३ मत प्राप्त गरे साथै अञ्जन श्रेष्ठले ५७३ मत र उमेशलाल श्रेष्ठले ४२६ मत पाए । साथै ८ मत बदर भयो ।

जिल्ला नगरतर्फ कुल खसेको ११७ मतमध्ये अञ्जन श्रेष्ठले ४७, रामचन्द्र संघईले ३९ र उमेशलाल श्रेष्ठले २८ मत प्राप्त गरे । साथै ३ मत बदर भयो । वस्तुतगतर्फ खसेको १२३ मतमध्ये उमेृशलाल श्रेष्ठले ६९, अञ्जन श्रेष्ठले ४१ र रामचन्द्र संघईले १२ मत प्राप्त गर्दा भने एक मत बदर भयो ।

महासङ्घको विधान अनुसार हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष हुनेछन् ।

 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १२ : ११ बजे

बूढासुब्बा गोल्डकपः धरान फुटबल क्लब क्वाटरफाइनलमा प्रवेश

सुनसरी – छब्बिसौँ अन्तरराष्ट्रिय आमन्त्रण बूढासुब्बा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक

प्रजातन्त्र दिवस तीन दिन मनाउने सरकारको निर्णय

काठमाडौं – यस वर्षको राष्ट्रिय प्रजातन्त्र दिवस तीन दिनसम्म भव्य

हत्यामा संलग्न रहेको आरोपमा नुवाकोटबाट दुई जना पक्राउ

नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–९ स्थित सिउरेनीमा एक व्यक्तिको हत्या

गोरेटो एजुकेशनल कन्सल्टेन्सीको पाँचौँ साधारणसभा सम्पन्न

काठमाडौँ- गोरेटो एजुकेशनल कन्सल्टेन्सीले आफ्नो पाँचौँ वार्षिक साधारण सभा सम्पन्न

बैतडी बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु, ४५ जना घाइते

बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी