विमान चार्टर गरेर एक सय ८० चिनियाँ पर्यटक नेपाल भित्रिए « Khabarhub

विमान चार्टर गरेर एक सय ८० चिनियाँ पर्यटक नेपाल भित्रिए


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हिमालयन एयरलाइन्सको विमान चार्टर गरी एक सय ८० चिनियाँ पर्यटक नेपालमा भित्रिएका छन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा नेपाल विग माउण्टेन ट्राभलमार्फत आज बिहान चिनियाँ पर्यटकको टोली नेपाल आएको हो । 

नेपालमा आएका चिनियाँ पर्यटक टोलीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किराँती, नेपालका लागि चिनियाँ राजदूत छेन् सङ, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिईओ) डा धनञ्जय रेग्मीलगायतले स्वागत गरे।

स्वागतपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किराँतीले कोरोनापछि नयाँ वर्षको पूर्वसन्ध्यामा पहिलोपटक यति ठूलो सङ्ख्यामा चिनियाँ पर्यटकलाई स्वागत गर्न पाउँदा ज्यादै खुशी लागेको बताए । ‘पाहुना भनेको भगवान हुन्, हामी भगवान्को रुपमा सँधै विदेशी पाहुनाको स्वागत गर्दछौँ,’ उनले भने।

मन्त्री किराँतीले नेपाल चीन सम्बन्ध धेरै पुरानो भएकाले यसलाई थप मजबुत बनाउन यस्तो गतिविधिले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘चीनका महामहिम राष्ट्रपति नेपाल आएको बेलामा हामीलाई एशियाको सबैभन्दा मन पर्ने देश नेपाल हो भन्नुभएको थियो, हामी चीनमार्फत थप पर्यटन प्रवर्द्धन गर्न चाहन्छौँ,’ मन्त्री किराँतीले भने।

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चीन सरकारको ठूलो भूमिका रहेको बताउँदै पोखरा विमानस्थललाई चीनसँग हवाईमार्फत प्रत्यक्ष  जोड्न चाहेको बताए । मन्त्री किराँतीले नेपालका कतिपय शहर चीनका विभिन्न सहरसँग मिल्दोजुल्दो रहेकाले चिनियाँ पर्यटकले नेपाललाई मन पराउने आशा व्यक्त गरे।

मन्त्री किराँतीले विस २०८० को दशकलाई समृद्धि र पर्यटनको दशकका रुपमा नेपालले मनाउन चाहेको बताए । नेपालका लागि चिनियाँ राजदूत छेन् सङले कोरोना नियन्त्रणमा आएसँगै विदेश जाने पर्यटकलाई चीनले खुला गरेको बताए । ‘चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्न पाउँदा साह्रै खुशी लागेको छ,’ राजदूत सङले भने। उनले चिनियाँ पर्यटक नेपालमा भित्रिएसँगै नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा रेग्मीले सन् २०१९ देखि थला परेको नेपालको पर्यटन उद्योगमा चिनियाँ पर्यटकको आवागमनसँगै थप उत्साह जागेको बताए । नेपालले चिनियाँ र भारतीय पर्यटकलाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लाग्नुपर्ने उनको भनाइ थियो ।

नेपाल विग माउण्टेन ट्राभलका सञ्चालक एवम् युवा पर्यटन व्यवसायी सुदर्शन नेपालले कोरोनापछि चीनले नेपाललाई गत मार्च १० देखि गन्तव्यसूचीमा राखेर नेपालमा पर्यटक आउन थालेकोमा खुशी व्यक्त गरे ।

उनले आगामी महिना झण्डै आठ सय चिनियाँ पर्यटक नेपालमा ल्याउन लागेको बताए । पर्यटन व्यवसायी नेपालले चिनियाँ पर्यटकलाई नेपाल सुरक्षित गन्तव्यस्थल रहेको सन्देश दिनु जरुरी रहेको बताए ।

एक साताका लागि नेपाल आएको चिनिँया टोलीले काठमाडौँ उपत्यकाका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गर्नुका साथै पुनहिलसमेतको भ्रमण गर्ने कार्यक्रम रहेको पर्यटन व्यवसायी नेपालले जानकारी दिए । 

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  १ : २५ बजे

रहेनन् कांग्रेसका वरिष्ठ नेता गोपालमान 

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ

चिकित्सकहरू थप रणनीति बनाउँदै (तस्बिरहरू)

काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालमा भएको कुटपिटको विरोधमा आन्दोलनरत चिकित्सक थप रणनीति

जापानमा ७.१ म्याग्निच्युडको भूकम्प पछि सुनामीको चेतावनी

टोकियो- दक्षिण पश्चिमी जापानमा मङ्गलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गए

कप्तानगञ्ज घटना : छानबिन समिति घटनास्थल पुग्यो, प्रशासनमा छलफल जारी

काठमाडौं- सुनसरीको कप्तानगञ्जमा भएको घटना छानबिनका लागि गठन भएको समिति

देवानगञ्ज घटनापछि सुनसरी तनावग्रस्त, आगजनी र तोडफोड, घरघरमा पसेर स्थानीयलाई कुटपिट

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार राति भएको हिंसात्मक घटनापछि