उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित  | Khabarhub Khabarhub

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित 


३० चैत्र २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन्  ।

बुधबार भएको निर्वाचनको पहिलो चरणमा तीन प्रतिस्पर्धीमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त नगरेपछि आज अपराह्न २ बजेका लागि दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो । पहिलो चरणको त्रिपक्षीय प्रतिष्पर्धामा अञ्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघई थिए । पहिलो चरणबाट संघई बाहिरिएपछि अञ्जन र उमेशलालबीच दोस्रो चरणको निर्वाचन हुने तय भएको थियो ।

दोस्रो चरणको निर्वाचन हुनुभन्दा अघि गरिएको सहमतिको प्रयास सफल भएपछि उनी वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएको घोषणा गरिएको हो । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचन हुनका लागि कम्तीमा ५० प्रतिशत मत प्राप्त गर्नुपर्छ ।

महासङ्घको बुधबार भएको निर्वाचन भएको थियो । पहिलो चरणको निर्वाचनको आज बिहान सकिएको मतगणनामा जिल्ला नगर, वस्तुगत र एसोसिएटमा खसेको कुल मतभारतमध्ये अञ्जनले सबैभन्दा धेरै ३७ दशमलव ९९ प्रतिशत मत प्राप्त गरेका थिए भने उमेशलालले ३१ दशमलव ५१ मत प्राप्त गरेका थिए । साथै संघईले ३० दशमलव ४६ मत प्राप्त गरेका थिए ।

मतपरिणाम अनुसार एसोसिएटतर्फ कुल खसेको एक हजार छ सय २० मतमध्ये संघईले छ सय १३ मत प्राप्त गरे साथै अञ्जनले पाँच सय ७३ मत र उमेशलालले चार सय २६ मत प्राप्त गरे । साथै आठ मत बदर भए ।

जिल्ला नगरतर्फ कुल खसेको एक सय १७ मतमध्ये अञ्जनले ४७, संघईले ३९ र उमेशलालले २८ मत प्राप्त गरे । साथै तीन मत बदर भए । वस्तुतगतर्फ खसेको एक सय २३ मतमध्ये उमेशलालले ६९, अञ्जनले ४१ र संघईले १२ मत प्राप्त गरे भने एक मत बदर भएको थियो ।

प्रकाशित मिति : ३० चैत्र २०७९, बिहीबार  ५ : ११ बजे

खरबुजा खेतीबाट आकर्षक आम्दानी गर्दै नवलपुरका मीनबहादुर

त्रिवेणी– बर्दघाट सुस्तापूर्व नवलपुरको कावासोती–१७ का मीनबहादुर महतोले धान लगाउने

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले