चन्द्रग्रहणः कुन राशिका लागि कस्तो फल मिल्नेछ, ग्रहण समयमा के गर्ने के नगर्ने ? | Khabarhub Khabarhub

चन्द्रग्रहणः कुन राशिका लागि कस्तो फल मिल्नेछ, ग्रहण समयमा के गर्ने के नगर्ने ?


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

२०७६ असार शुक्ल पूर्णिमा तिथी असार ३१ गते मंगलबार खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । सो चन्द्रग्रहण नेपाली आकासबाट प्रत्यक्ष अवलोकन गर्न सकिनेछ ।

मंगलबार दिउँसो ४ बजेर ४६ मिनेटदेखि नै चन्द्रग्रहणको सुतक लाग्ने भएकाले बाल, बृद्ध, बिरामीहरुबाहेकले त्यसपछि मोक्ष नहुञ्जेल भोजन गर्नु अशुभ मानिनेछ । चन्द्र ग्रहणको स्पर्श रातको १ बजेर ४६ मिनेटमा शुरु हुनेछ भने मध्य ३ बजेर १५ मिनेट जाँदा हुनेछ । त्यसैगरी चन्द्रग्रहणको मोक्ष रातको ४ः४५ बजे हुनेछ । चन्द्रग्रहण झण्डै तीन घण्टा रहनेछ ।

चन्द्रग्रहणले राशि अनुसार प्रभाव पार्ने हुँदा कुनै राशिहरुका लागि निकै अशुभ मानिन्छ । यो चन्द्रग्रहण मेष राशि भएकाहरुका लागि शुभ देखिँदैन । माननाशको योग रहेको छ । त्यसैगरी वृष राशिका मानिसले पनि चन्द्रग्रहण अवलोकन गर्दा अशुभ हुने देखिन्छ ।

वृष राशि भएकाहरका लागि कष्टको योग छ । त्यसैगरी मिथुन राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा स्त्रीपीडाको फल देखिन्छ । सिंह राशिका लागि पनि चिन्ता, कन्या राशिका लागि व्यथा, वृश्चिक राशिका लागि क्षति, धनु राशिका लागि घात, मकर राशिका लागि व्यय हुनेछ ।

कर्कट, तुला, कुम्भ र मीन यी चार राशिका लागि भने यो चन्द्रग्रण निकै शुभ रहने छ । ककर्ट राशिका मानिसले चन्द्रग्रहणको अवलोकन गर्दा सुख प्राप्तिको योग देखिन्छ भने तुला राशिका लागि पनि श्रीप्राप्तिको योग रहेको छ । त्यसैगरी, कुम्भ राशिका लागि लाभ प्राप्ति हुनेछ भने मीन राशिका लागि शुख प्राप्तिको फल मिल्ने छ ।

यो चन्द्रग्रहण धनु र मकर राशिका लागि भने निकै अशुभ रहने ज्योतिषचार्याहरु बताउँछन् । उनीहरुका लागि अतिकष्टको योग रहेको छ । त्यसैले यी राशि भएका मानिसहरुले चन्द्रग्रहणको अवलोकन गर्नु अशुभ हुनेछ । ग्रहणका समयमा स्नान, दान, श्राद्ध, जप, ध्यान, साधनालगायत कर्म गर्न शुभ मानिन्छ ।

ग्रहणका समयमा दीक्षा लिन पनि उत्तम मानिन्छ । ग्रहणका बेला सकेसम्म तीर्थस्थलमा नसके नजीकको नदी, ताल, तलाउ, पोखरी यति पनि सम्भव नभए घरमै स्नान गर्नुपर्ने निर्णयसिन्धु, हेमाद्रि, कालमाधव, वीरमित्रोदयलगायत धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ ।

ग्रहणका समयमा सुते रोग लाग्ने, पिसाब गरे दरिद्र, दिसा गरे कीरा भएर जन्मने, मैथुन गरे गाउँको सुङ्गुर भएर जन्मने, सिङ्गार पटार गरे कुष्ठ रोगी, भोजन गरे अधोगति, बन्धनमा राखे सर्प भएर जन्मने, काटमार गरे नरकमा बास हुने उल्लिखित धार्मिक ग्रन्थमा वर्णन गरिएको छ ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ७ : ५८ बजे

गाउँगाउँमा राष्ट्रिय परिचयपत्र शिविर

अदानचुली– राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालयको टोली गाउँगाउँमा पुगेको

नेप्सेका अध्यक्ष पौडेलले आनाकानी गर्दा अड्कियो एसएमईज विनियमावली

काठमाडौं – साना तथा मझौला सङ्गठित संस्था (एसएमईज) को धितोपत्र

दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, दुई घाइते

काठमाडौं– काठमाडौँस्थित सुन्धारामा दुईवटा मोटरसाइकल एक-आपसमा ठोक्किएर आज भएको दुर्घटनामा

मुलुकी अपराध संहिताको मस्यौदामा छलफल आवश्यक : राष्ट्रियसभा उपाध्यक्ष घिमिरे

ललितपुर – राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरेले मुलुकी अपराधसंहिताको मस्यौदा माथि

नेपालको नर्सिङ क्षेत्र दयनीय छ, स्वास्थमन्त्रीको परिपत्र कार्यान्वयन गरियोस्

काठमाडौं – नर्सिङ पेशालाई नेपाली समाजमा सम्मानित पेशाका रुपमा लिने