बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना « Khabarhub

बागमती प्रदेश प्रमुख शर्माद्वारा नयाँ वर्षको शुभकामना


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले नयाँ वर्ष २०८० का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति समृद्धि र सुस्वास्थ्यका लागि शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश प्रमुख शर्माले आज एक सन्देश जारी गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गरेका हुन्। उनले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ, “देशलाई सर्वोपरि राखी हामी र हाम्रो भन्ने साझा भावनाको विकास गर्न आजैका दिनदेखि मन, वचन र कर्मले लागिपर्न प्रतिबद्ध रहन सकौँ ।” उनले संविधानले निर्धारित गरेको लक्ष्य र राष्ट्रले तय गरेको गन्तव्यमा पुग्न हाम्रो दृढनिश्चय र कठोर सङ्कल्प चाहिने बताएका छन् । यसले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा थप टेवा पुर्‍याउन सक्ने उनको भनाइ छ ।

“हाम्रो बीचमा रहेको सद्भाव, भातृत्व र सहिष्णुता अझ प्रगाढ र कसिलो बन्न सकोस्, स्थायी शान्ति, दिगो विकास र आर्थिक समुन्नतिको मार्गप्रशस्त हुन सकोस्”, शुभकामना सन्देशमा उल्लेख छ ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ११ : १९ बजे

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको

देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस उपसभापतिमा चन्द्रकान्त भण्डारी (६४३) र मधु आचार्य (३६२) अगाडि

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधवेशन अन्तर्गत पदाधिकारीलगायत केन्द्रीय सदस्यका लागि

झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ

काठमाडौँ– दसैँ, तिहारलगायतका चाडपर्वको रौनक बढेसँगै काठमाडौँ उपत्यकाका विभिन्न मठमन्दिर