निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर फलामका पोलमा समातेर बचे | Khabarhub Khabarhub

निर्माणाधीन सिमेन्ट उद्योग बाढीले बगायो,पाँच मजदूर फलामका पोलमा समातेर बचे


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ– बेनीघाट रोराङ गाउँपालिकाको वडा नं २ ताल्तीमा निर्माणाधीन अवस्थामा रहेको ह्वासिन सिमेन्ट उद्योग गए रातिको बाढीले बगाएको छ ।

ताल्तीस्थित खोलालाई नियन्त्रण गरी निर्माण थालिएको सिमेन्ट उद्योग तीन दिनदेखिको वर्षाका कारण खोलामा आएको बाढीले बगाएको सूचना अधिकारी तुलसीजङ्ग थापाले जानकारी दिए ।

रातिको समयमा आएको बाढीका कारण पाँच जना मजदूर बाढीमा फसेका छन् । दुवैतर्फ खोला बगेकाले बीच भागमा रहेको फलामका पोलमा समातेर उनीहरु बचेका छन् ।

खोलामा फसेका मजदूरको उद्धारका लागि इलाका प्रहरी कार्यालय गजुरीबाट गएको टोली सो स्थानमा पुग्न सकेको छैन । ताल्ती जाने बाटो मलेखु नजिकै सोही खोलाले बगाएपछि उद्धारकर्मी रोकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

रातभरि परेको वर्षाका कारण खोलामा फसेका मजदूरको स्थानीयवासी र ताल्तीमा रहेको प्रहरी टोलीले उद्धार गरिरहेको जनाएको छ । बाढीका कारण निर्माण भएका केही संरचना बगाएको छ ।

क्षतिको आँकलन गर्न सकिएको छैन । मानविय क्षति भएको छैन । रु १५ अर्बको लगानीमा चिनियाँ ह्वासिन कम्पनीले सो उद्योग निर्माण शुरु गरेको चार महीना भएको छ । नौ महीनामा निर्माण सम्पन्न गरी दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने गरी उद्योगको निर्माण शुरु भएको थियो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  ८ : ३२ बजे

राष्ट्रिय सभामा आधादर्जन अध्यादेश पेस

काठमाडौं– राष्ट्रियसभामा विभिन्न अध्यादेश पेस भएका छन् । सभाको आजदेखि

एलिनाको वैवाहिक जीवन नौ महिनामै भताभुंग, विष्णुविरुद्ध हालिन् सम्बन्ध विच्छेदको मुद्दा

काठमाडौं- गायिका एलिना चौहानको वैवाहिक जीवन भत्किने अवस्थामा पुगेको छ।

अर्थतन्त्र सुधार्न ओली सरकारलाई डा. वाग्लेका पाँच टिप्स

काठमाडौं – प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा प्रतिनिधि

केही काम देखाउन नसकेपछि सरकारले अध्यादेशको सहारा लियो : राजेन्द्र पाण्डे

काठमाडौं– प्रतिपक्षी दल नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले

राजेन्द्र लिङ्देनको खबरदारी- अध्यादेशबाट देश चलाउन सत्ताको दुरुपयोग नगरियोस्

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले दुईतिहाइ नजिक बहुमत