बलिउड अभिनेत्री शर्लिन चोपडालाई ज्यानको धम्की « Khabarhub

बलिउड अभिनेत्री शर्लिन चोपडालाई ज्यानको धम्की


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई-  बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् ।

जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यिनै शर्लिनलाई ज्यानको धम्की आएको छ ।

शर्लिनका अनुसार उनलाई एक फाइनेन्सरले छेडछाड, गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् । त्यही कारण उनले मुम्बईको जुहू पुलिस स्टेसनमा ती फाइनेन्सरकाविरुद्ध उजुरी दर्ता गराएकी छन् । शर्लिनले फाइनेन्सरले उनलाई भिडियोको रेकर्डिङका लागि पैसा दिन बोलाएको बताइन् । त्यही बेला उनीमाथि छेडछाड गरिएको थियो ।

‘जब मैले उसलाई त्यो कामबाट रोकें, तब उसले मलाई गाली गर्‍यो र ज्यानको धम्कीसमेत दियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएकी हुँ’, उनले भनेकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

शर्लिनलाई बलिउडमा विवादको पर्याय मानिन्छ । हालै मात्र उनले अर्की विवादास्पद अभिनेत्री तथा मोडल राखी सावन्तसँग झगडा गरेकी थिइन् । सोही कारण उनी प्रहरीसमक्ष पुगेकी थिइन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ५६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै