बलिउड अभिनेत्री शर्लिन चोपडालाई ज्यानको धम्की « Khabarhub

बलिउड अभिनेत्री शर्लिन चोपडालाई ज्यानको धम्की


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई-  बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा प्राय सामाजिक सञ्जालमा छाइरहन्छिन् । उनी हरेक विषयमा आफ्नो भनाई नडराई राख्छिन् ।

जब ‘बिग बोस १६’मा साजिद खानको प्रवेश भयो, त्यो बेला शर्लिनले उनको विरुद्ध मोर्चाबन्दी गरेकी थिइन् । यहाँसम्मकी उनले बलिउड अभिनेता सलमान खानलाई ट्रोल नै बनाएकी थिइन् । अहिले यिनै शर्लिनलाई ज्यानको धम्की आएको छ ।

शर्लिनका अनुसार उनलाई एक फाइनेन्सरले छेडछाड, गालीगलौज र ज्यान मार्ने धम्की दिएका छन् । त्यही कारण उनले मुम्बईको जुहू पुलिस स्टेसनमा ती फाइनेन्सरकाविरुद्ध उजुरी दर्ता गराएकी छन् । शर्लिनले फाइनेन्सरले उनलाई भिडियोको रेकर्डिङका लागि पैसा दिन बोलाएको बताइन् । त्यही बेला उनीमाथि छेडछाड गरिएको थियो ।

‘जब मैले उसलाई त्यो कामबाट रोकें, तब उसले मलाई गाली गर्‍यो र ज्यानको धम्कीसमेत दियो । त्यसपछि मैले प्रहरीमा उजुरी दिएकी हुँ’, उनले भनेकी छन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

शर्लिनलाई बलिउडमा विवादको पर्याय मानिन्छ । हालै मात्र उनले अर्की विवादास्पद अभिनेत्री तथा मोडल राखी सावन्तसँग झगडा गरेकी थिइन् । सोही कारण उनी प्रहरीसमक्ष पुगेकी थिइन् ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ३ : ५६ बजे

सुनबरा नदीमा डुबेर बालिकाको मृत्यु

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–९ सिसैयाका १० वर्षीया बालिका सञ्जु

कांग्रेस संस्थापन पक्षइतर भेलामा विभिन्न पाँच प्रतिवेदनमाथि छलफल

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन पक्षइतर राष्ट्रिय भेलामा विभिन्न पाँच

निगमले आइतबार थप सात केन्द्रबाट एलपी ग्यास बिक्रीवितरण गर्ने

काठमाडौं – नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अत्यावश्यक उपभोक्ताका लागि

निर्वाचन क्षेत्रका नागरिकका समस्या बुझ्दै गृहमन्त्री

गण्डकी – गृहमन्त्री सुधन गुरुङ नागरिकका समस्या र गुनासा बुझ्न

धवलागिरिको घुम्ती शिविरबाट ६ सय जना लाभान्वित

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिकाले घुम्ती शिविर सञ्चालन गरेर ६००