कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया « Khabarhub

कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया


१ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपालगञ्जस्थित भेरी अस्पतालमा कोरोना सङ्क्रमित गर्भवतीको सफल शल्यक्रिया गरिएको छ । कोरोना सङ्क्रमणको दोस्रो लहरपछि पहिलोपटक आज तुलसीपुर उपमहानगरपालिका–४ दाङ निवासी २१ वर्षीया सङ्क्रमित गर्भवतीको आकस्मिक शल्यक्रिया गरिएको भेरी अस्पताल नेपालगञ्जका वरिष्ठ प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा कीर्तिपाल सुवेदीले जानकारी दिए।

उनका अनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुुरमा कोरोना सङ्क्रमण पुष्टि भएपश्चात भेरी अस्पतालमा प्रेषण भएकी महिलाको शल्यक्रियामार्फत छोरा जन्मिएको छ । दुई दिनदेखि बेथा लागेर उपचारका लागि दाङका विभिन्न अस्पताल हुँदै शिक्षण अस्पताल कोहलपुरमा आउँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

भेरी अस्पतालमा उपचारका लागि ल्याउँदा गर्भवतीको अवस्था जटिल हुन पुगेको थियो । यसअघि अस्पतालमा कोरोना सङ्क्रमणको दोस्रो लहरका बेला सङ्क्रमित गर्भवतीको शल्यक्रिया गरिए पनि त्यसयताको यो शल्यक्रिया पहिलो भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले जानकारी दिए ।

धेरै अस्पतालबाट प्रेषण हुँदै आउँदा गम्भीर अवस्थामा पुगेको सङ्क्रमित गर्भवतीको तत्काल शल्यक्रिया गरिएको बताउँदै उनले आमा र बच्चालाई अस्पतालमै आइसोलेशनको व्यवस्था गरेर राखिएको उल्लेख गरे ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ९ : ५४ बजे

११ महिनामा सरकारको झण्डै ११ खर्ब राजस्व उठायो

काठमाडौँ : सङ्घीय सरकारले चालु आर्थिक वर्षको ११ महिनामा राजस्वतर्फ

बडीकेदारका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बडीकेदार गाउँपालिका डोटीका तत्कालीन अध्यक्ष

संघसंगठनका कार्यालयहरू सरकारी भवनबाट हटाउन जिल्ला प्रशासन काठमाडौँको निर्देशन

काठमाडौँ : जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सरकारी निकायमा कार्यरत

ओटीटी प्लेटफर्म अब कानुनी दायरामा, सञ्चालनका लागि अनुमति अनिवार्य

काठमाडौं । सरकारले डिजिटल प्रसारण क्षेत्रमा पहिलोपटक स्पष्ट कानुनी व्यवस्था

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गरी