बौद्ध युवा क्लबले जित्यो एक लाख पुरस्कार | Khabarhub Khabarhub

बौद्ध युवा क्लबले जित्यो एक लाख पुरस्कार


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

म्याग्दी : म्याग्दीको बेनीनगरपालिका-२ बगरफाँटमा आयोजना गरिएको एक लाख पुरस्कार राशिको प्रथम सेभेन ए साइड खुला फुटबल बौद्ध युवा क्लब बेनी मङ्गलाघाटले जितेको छ।

नयाँ वर्ष २०८० को अवसर पारेर रिभरसाइड बगरफाँट युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको शुक्रबार साँझ भएको फाइनल खेलमा रिभरसाइड युवा क्लबलाई चारका विरुद्ध तीन गोलले पराजित गर्दै वौद्ध युवा क्लब विजेता बन्न सफल भएको हो।

चैत २८ गतेदेखि चार दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा म्याग्दी र पर्वतका गरी २२ टिम सहभागि भएका थिए।

प्रतियोगितामा प्रथम हुने बौद्ध युवा क्लबले रु एक लाख नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता वनेको रिभर साइड युवा क्लबले नगद ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पायो।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ७ : ५८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।

लेबनानको बेरुतमा इजरायली आक्रमण जारी

काठमाडौं– इजरायलले लेबनानको राजधानी बेरुतको दक्षिण क्षेत्रका कयौँ भागमा हवाई

प्रि ओपन सेसनमा ३ अंकको वृद्धि

काठमाडौं– प्रि ओपन सेसनमा सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.२१

आज फलफूल तथा तरकारीको मूल्य यस्तो छ

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

अमेरिकी चुनावमा विश्वको चासो : रोचक बन्दै ह्यारिस र ट्रम्पको लडाइँ

अमेरिकामा राष्ट्रपति पदको निर्वाचन ५ नोभेम्बरमा हुँदैछ। संसारकै महाशक्तिको कार्यकारी