संविधानको सफल कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ : निधि « Khabarhub

संविधानको सफल कार्यान्वयनतर्फ ध्यान केन्द्रित गर्नुपर्छ : निधि


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन् ।

कांग्रेस ओखलढुंगा काठमाडौं उपत्यका सम्पर्क समितिद्वारा शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा निधिले अहिलेको संघीय गणतन्त्रात्मक प्रणालीलाई रक्षा गर्दै संविधानको सफल कार्यान्वयन गर्नका लागि ध्यान केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले आवश्यकता अनुसार संविधानलाई परिमार्जन गर्न सकिने भन्दै कसैले संविधान च्यात्न खोजे हतोत्साहित गर्नुपर्ने धारणा राखे । 

नेता निधिले संसदीय प्रणालीमा प्रधानमन्त्रीले चाहेका बेला संसद् विघटन गरेर जनतामाझ जान पाउन भएपनि संविधानमा नै पाँच वर्ष सम्म संसद् विघटन गर्न नपाउने व्यवस्था भएकाले राजनीतिका कारण नेताहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

त्यस्तै उनले मुलुकको नेतृत्व गर्नेले प्राप्त उपलब्धीको रक्षाका साथै जनतालाई निराशाबाट मुक्त गराउनुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ४ : ४४ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज