केपिलासगढीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि  « Khabarhub

केपिलासगढीले जित्यो राष्ट्रपति रनिङ शिल्डको उपाधि 


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

खोटाङ– तेह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत खोटाङमा सञ्चालित जिल्लास्तरीय छनोट प्रतियोगिताको उपाधि केपिलासगढी गाउँपालिकाले जितेको छ । 

यही वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा सञ्चालन हुने  प्रदेशस्तरीय प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि आयोजना गरिएको जिल्लास्तरीय रनिङ शिल्ड प्रतियोगितामा केपिलासगढी गाउँपालिकाले १६ स्वर्ण, ११ कास्य र १२ रजत  पदकसहित प्रथम उपाधि उचालेको हो । 

जिल्लाका १० स्थानीय तहमध्ये सात स्थानीय तहका विद्यालयमा अध्ययनरत छात्रछात्रा सहभागी उक्त प्रतियोगितामा छ स्वर्ण, दुई रजत र १२ कास्य पदकसहित साकेला गाउँपालिका दोस्रो, चार स्वर्ण, चार रजत र १० कास्य पदकसहित दिप्रुङ चुइचुम्म गाउँपालिका तेस्रो भएका छन् । दुई स्वर्ण, दुई रजत र एक कास्य पदकसहित ऐसेलुखर्क गाउँपालिका चौथो तथा दुई स्वर्ण र दुई रजत पदकसहित हलेसी तुवाचुङ गाउँपालिका पाँचौँ भएको जिल्ला खेलकुद विकास समिति खोटाङका प्रमुख लीलाभक्त केसीले जानकारी दिए । 

प्रतियोगितामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसीसाकेला गाउँपालिकाका खेलाडी सहभागी भएका थिए । गत चैत २८ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दो विधामा एक सय ३८ पदकका लागि खेलाडीबीच प्रतिस्पर्धा भएको थियो । 

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा सञ्चालन भएको सो प्रतियोगिताअन्तर्गत एथलेटिक्सतर्फ २६ स्वर्ण, २६ रजत र २६ कास्य, कबड्डीतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, भलिबलतर्फ दुई स्वर्ण, दुई रजत र दुई कास्य, सितोरियो करातेतर्फ आठ स्वर्ण, आठ रजत र आठ कास्य तथा तेक्वान्दोतर्फ आठ स्वर्ण, आठ रजत, आठ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः १५ हजार, रु १२ हजार र रु नौ हजार पुरस्कार प्राप्त गरेका छन् । 

प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जिल्लाबाट एथलेटिक्समा २२, कबड्डी र भलिबलमा १८-१८ तथा कराते र तेक्वान्दोमा छ-छ छात्रछात्राले सहभागिता जनाउने जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ०६ बजे

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले

ग्रीन आर्मीविरुद्ध सर्वोच्चमा रिट, पेसी सोमबार

काठमाडौं– गैरसरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक, दर्जा र चिह्न

गोल्डस्टार बन्यो सुदूरपश्चिम रोयल्सको आधिकारिक फुटवेयर पार्टनर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा