शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको सवारी दुर्घटनामा मृत्यु « Khabarhub

शोकसभामा सहभागी हुन हिँडेका आठ जनाको सवारी दुर्घटनामा मृत्यु


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

श्रावस्ती– उत्तर प्रदेशको श्रावस्तीस्थित राष्ट्रिय राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा परी आठ जनाको मृत्यु भएको छ भने अन्य छ जना गम्भीर घाइते भएका छन् । 

आफन्तको निधनमा आयोजना गरिएको शोकसभामा सहभागी हुन लुधियानबाट आएका उनीहरूको सवारी साधन इकाउना प्रहरी चौकीको क्षेत्रमा पर्ने रुखमा ठोक्किँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 

छ जनाको घटनास्थलमा नै मृत्यु भएको बताउँदै श्रावस्तीका प्रमहरी उपरीक्षक प्राची सिंहले गम्भीर घाइते भएका आठ जनालाई बहराइच अस्पताल पठाएको जानकारी दिएकी छन् ।

मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन् । साथै उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ५ : ५१ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर