नेपालमा प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति | Khabarhub Khabarhub

नेपालमा प्रकृति र संस्कृतिमा पनि विविधता छ : राष्ट्रपति


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई विश्व सामु नेपाली संस्कृति र नेपालीपनले चिनाएको बताएका छन् । इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अमेरिकाको आयोजनामा हाल यहाँ जारी ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ प्रतियोगिताका सहभागी कलाकारलाई सम्बोधन गर्दै उहाँले सो धारणा राखेका हुन् ।

नेपाल बहुजातीय तथा बहुसांस्कृतिक मुलुक भएको बताउँदै राष्ट्रपति पौडेलले नेपालमा जात र धर्ममा मात्र नभई प्रकृति र संस्कृतिमा पनि विविधता भएको विचार व्यक्त गरे । उनले नेपालमा विभिन्न परिवारका समुदायको सम्मिश्रित संस्कृति रहेको बताउँदै यी सबैको मिलनबाट नै नेपालीबीचको एकता बलियो भएको बताए । उनले संस्कृतिले नै हामी सबै नेपालीलाई जोड्छ र एकाकार बनाउँछ भन्ने भावका साथ लाग्न संसारका सबै नेपालीलाई आह्वान पनि गरे ।

राष्ट्रपति पौडेलले नेपालीहरू विश्वका कुना–कुनामा पुगेको बताउँदै विदेशमा रहेर पनि नेपालीहरू आफ्नो पहिचान र संस्कृति जोगाउने अभियानमा लागेकामा उक्त फाउण्डेशनको प्रशंसा गरे । नेपालको भाषा, संस्कृति र साहित्यलाई विश्वसामु चिनाउनका लागि आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिन फाउण्डेशनलाई राष्ट्रपति पौडेलको सुझाव थियो ।

नेपाली नपुगेको दुनियाँमा ठाउँ नरहेको र नेपालीहरू जहाँ रहेका भए पनि नेपाली पहिचान र नेपालीपन जोगाएरै बसेका उल्लेख गर्दै राष्ट्रपति पौडेलले भने ‘विश्वका नेपालीलाई भाषा र संस्कृतिका माध्यमबाट एकाकार बनाउन इन्ट्रा फाउन्डेसनले सञ्चालन गरेको विश्वव्यापी अभियानप्रति आभार व्यक्त गर्दछु । यस अभियानले संसारमा नेपाल चिनाउन ठूलो योगदान पुर्याउने विश्वास पनि लिएको छु ।’

फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले संसारमा छरिएर रहेका नेपाली जातिलाई आफ्नो पुर्खाको देशसँग नेपाली भाषा र कलाका माध्यमबाट जोड्नका लागि संसारबाट प्रतिभाहरु छानेर नेपालमै ल्याइ यस प्रतियोगिताको आयोजना गरिएको जानकारी दिए । 

फाउन्डेसनमार्फत् आफूहरूले संसारभरिका नेपाली जातिबीच सांस्कृतिक एकताको महाभियान सुरु गरेको र सो अभियानलाई राष्ट्रपतिबाट प्राप्त भएको हौसलाले अझ गम्भीर भएर लाग्न मद्दत पुगेको विश्वास लिएको भन्दै अध्यक्ष अधिकारीले संसारभरका नेपालीबीच विभेद नगरी राज्यले सबैलाई समान व्यवहार गर्नुपर्ने बताए ।

फाउण्डेशनले अफ्रिका बाहेकका विश्वका छ महादेशका ५२ भन्दा बढी देशबाट मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स कार्यक्रममार्फत नेपाली प्रतिभाहरू प्रारम्भिक छनोट गरी काठमाडौँ ल्याएको छ । ती प्रतिभाबीच हाल यहाँ गायन र नृत्यका साइटलेस अडिसन जारी छ ।

गायन र नृत्य प्रतियोगितामा छानिएकामध्ये प्रथम हुनेले जनही एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै समूह नृत्य प्रतियोगिता पनि रहेको छ । नेपालमा आयोजना गरिएको यस्तो शो अहिलेसम्मकै सबैभन्दा धेरै पुरस्कार राशिको हो ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ०७ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक