कानुन बालमैत्री हुनुपर्नेमा सभामुख घिमिरेको जोड « Khabarhub

कानुन बालमैत्री हुनुपर्नेमा सभामुख घिमिरेको जोड


२ बैशाख २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख देवराज घिमिरेले कानुनहरू बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । राष्ट्रसंघीय बाल अधिकार सम्बन्धी महासन्धि १९८९ माथि बालबालिकाहरूको नेतृत्वमा तयार गरिने प्रतिवेदन २०२३ सम्वन्धी बालबालिकासँग राष्ट्रिय कार्यशाला गोष्ठीको शनिबार राजधानीमा उद्घाटन गर्दै यो विषयमा जोड दिएका हुन् । 

सभामुख घिमिरेले देशको कानुन बनाउने संस्था सांसदको आफू सभामुख भएकोले यो विषयमा आफू सचेत रहेको बताए । ‘कुनै पनि कानुन बनाउँदा भोलिका कर्णधार बालबालिकाहरूको भविष्यसँग जोडेर हेर्नुपर्छ, उनले भने । 

कार्यशालामा नेपालका बालबालिकाहरूको अवस्था, समस्या र सुधार गर्नुपर्ने कामहरुबारेको प्रतिवेदन तयार पारिने छ । तयार प्रतिवेदन संयुक्त राष्टसंंघलाई बुझाइने जनाइएको छ । बाल सहभागितामा कार्यरत संस्थाहरुको साझा समूह (कन्र्सोटियम नेपाल) प्रगतिनगर शंखमुल काठमाडौँले बालबालिकाबाटै प्रतिवेदन तयार पार्न लगाइ बुझाउने भएको कार्यक्रममा बताइयो । 

यसका लागि देशभरका बालबालिकाहरू राजधानीमा भेला भई प्रतिवेदन कार्यशालामा तयार गर्दै छन् । प्रत्येक प्रदेशबाट न्यनतम दुईदुई जना गरी सातै प्रदेश र उपत्यकाका बालबालिकाहरू मिलेर प्रतिवेदन तयारीको कामहरू भइरहेको छ ।

कन्र्सोटियम नेपालका अध्यक्ष मोहन दंगालले आइतबारभित्र प्रतिवेदन तयार भइसक्ने जनाए । यसपछि बालबालिकाबाटै तयार भएको प्रतिवेदन हामीले राष्ट्रसघलाई बुझाउने हो, उनले भने । कन्र्सोटियम नेपालका उपाध्यक्ष सन्तोष महर्जनले यसअघि हाल काठमाडौंमा बसेर प्रतिवेदन बनाइरहेका बालबालिकाहरू आआफ्‍नो प्रदेशमा बनेको प्रतिवेदन बुझेर काठमाडौं आएको बताए । अहिले सातवटै प्रदेशका बालबालिकाहरूले लिएर आएको प्रतिवेदनलाई मिलाएर नयाँ प्रतिवेदन तयार हुन्छ, उनले भने ।

संस्थाका महासचिव प्रदीपकुमार लामिछानेका अनुसार यसअघि ती बालबालिकाहरूले समुदायस्तरमा पुगेर नेपाली बालबालिकाहरूको अवस्था समस्याबारे बुझेर प्रदेशस्तरमा प्रतिवेदन बनाएका थिए । प्रदेशस्तरमा प्रतिवेदन बनाएका ती बालबालिकाहरुकै प्रतिनिधित्व गरी अहिले एउटा प्रदेशबाट घटीमा दुई जना बालबालिकाहरू प्रतिवेदन लिएर काठमाडौं आएका हुन् । 

यस्तो प्रतिवेदन पहिलो पटक सन् २०१४ मा पनि बुझाइएको कार्यक्रममा जनाइयो । शुक्रबारदेखि सुरु भएको तीनदिने कार्यशाला आइतबार सम्पन्न हुने जनाइएको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ४४ बजे

ग्लोबल आइएमई बैंकले दोस्रो संस्करणको ह्याकाथन आयोजना गर्ने, प्रतियोगिताको लागि आवेदन खुल्ला

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले प्रविधिको प्रवर्द्धन तथा नवप्रवर्तनलाई प्रोत्साहन

खेल क्षेत्रमा चुनौती-अवसर दुवै छ, काम गरेर देखाउनुपर्छ : मन्त्री पोखरेल

काठमाडौं– युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले खेलकुदप्रति युवालाई आकर्षित गर्नुपर्नेमा

प्रधानमन्त्रीको अफिसियल फोटोमा पनि कालो चस्मा

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको अफिसियल्ली फोटो सार्वजनिक गरिएको छ ।

मध्य इरानमा सैन्य स्थलमा आक्रमण

तेहरान– मध्य इरानको इस्फहान प्रान्तमा केही सैन्य स्थलमा आक्रमण हुँदा

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल