कुलेखानी केही समयमा खोल्न शुरु गरिने « Khabarhub

कुलेखानी केही समयमा खोल्न शुरु गरिने


३० असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अत्याधिक पानी परेपछि देशकै सबैभन्दा ठूलो मानव निर्मित ताल भनेर चिनिने कुलेखानी ड्याम इन्द्रसरोवर भरिएर खतराको सङ्केत देखिएपछि ड्यामको ढोका खोलिने भएको छ ।

कुलेखानीको ड्यामको ढोका खोलीने भएकाले मकवानपुरको भिमफेदी, इन्द्रसरोवर, वाग्मती गाउँपालिका, रौतहटको नुनथर, चन्द्रपुर, क्यान्टिन, सर्लाहीको विभिन्न क्षेत्र, सिन्धुलीको हरिहरपुर गढी क्षेत्र आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको छ ।

कुलेखानीको पानी कुलेखानी खोला हुँदै वाग्मती खोला भएर बग्ने भएकाले वाग्मती आसपासका नागरिकलाई सचेत रहन आग्रह गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

पहिलो र दोस्रो गरी ९२ मेगावाट क्षमताको कुलेखानी जलविद्युत् आयोजनाको जलाशय इन्द्रसरोवरको ड्याम भरिएपछि पानी बाहिर निकालेर जोखिम कम गर्ने तयारी थालिएको हो ।

मकवानपुरको अन्यत्र वर्षा रोकिए पनि उत्तरी मकवानपुरको थाहा नगर, तथा इन्द्रसरोवर आसपास अत्यधिक पानी परिरहेको कारण कुलेखानीको क्षमताभन्दा बढी पानी भरिएपछि जिल्ला सुरक्षा समिति मकवापनुरको बैठकले इन्द्रसरोवरको ड्याम केही खोलेर भए पनि जोखिम कम गर्ने तयारी थालेको प्रजिअ तामाङले जानकारी दिए ।

कुलेखानीमा क्षमताभन्दा बढी रहेको पानी निकाल्दासमेत विभिन्न चार वटा जिल्लाका नदीनाला आसपासका क्षेत्र जोखिममा पर्ने हुँदा सचेत र सजक रहनसमेत आग्रह गरिएको उनको भनाइ छ । त्यहाँबाट बग्ने पानीले बाढीको खतरा हुने भएकाले सतर्क रहनका लागि आग्रह गरिएको हो । कुलेखानीको क्षमता कूल एक हजार ५३० घनमिटर रहेको छ । बिहान ६ बजेसम्ममा एक हजार ५२५ दशमलव चार घनमिटर पानी भरिइसकेको छ ।

समुद्री सतहबाट ११४ मिटर उचाइमा ड्याम रहेको छ । तीन सय मिटर चौडाइ र सात किलोमिटर लम्बाइको जलाशयमा एक हजार ५३० घनमिटर पानी अट्ने क्षमता छ । ड्याम ३७ वर्षअघि निर्माण गरिएको हो ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार  १० : ०० बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ