महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण « Khabarhub

महासङ्घका अध्यक्ष ढकालद्वारा पदभार ग्रहण


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदभार ग्रहण गरेका छन् । ढकालले आज टेकुस्थित महासङ्घको कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।

महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका छन् । पदभार ग्रहण गर्दै ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

महासङ्घको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए ।

निर्वाचनबाट जिल्लानगर उपाध्यक्षमा सुरकृष्ण बैद्य निर्वाचित भएका छन् भने एसोसिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठ र वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका छन् ।

निर्वाचित अन्य पदाधिकारी तथा सदस्यले आजै पदबहाली गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  १ : ३० बजे

ईश्वर पोखरेलको तर्क : देश बनाउने सही पार्टी एमाले मात्रै हो

काठमाडौं- नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

संविधान संशोधन आवश्यक छ : उपेन्द्र यादव

भैरहवा– जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान

इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाद्वारा मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर-३ विमान परिचालन

काठमाडौं- इरानसँग युद्धको चर्चा चलिरहँदा अमेरिकाले मध्यपूर्वमा सी–१७ ग्लोबमास्टर ३

ईश्वर पोखरेल भन्छन्- देश बनाउने सही पार्टी एमाले मात्रै

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेलले मुलुकलाई लोकतान्त्रिक तथा संवैधानिक

छुट्लान् दुर्गा प्रसाईं ? समर्थक पुगे माइती घर (तस्बिरहरू)

काठमाडौं- राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका