प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या « Khabarhub

प्रहरी हिरासतमा कुख्यात भारतीय अपराधी एवम् पूर्वसांसद अतिकको हत्या


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतका कुख्यात अपराधी एवम् पूर्वसांसद अतिक अहमदको प्रहरी हिरासतमा हत्या भएको छ । भारत उत्तर प्रदेशको प्रयागराजमा प्रहरी संरक्षणमै उनी र उनका भाई अशरफको गोली हानी हत्या भएको हो ।

स्वास्थ्य परीक्षणका लागि अस्पताल लगिएका बेला सञ्चारकर्मीले उनहरुसँग संवादको प्रयास गरिरहेका बेला उनीमाथि गोली प्रहार भएको हो ।

हत्या गरिएको घटना टेलिभिजन च्यानलले खिचेका भिडियोमा समेत रेकर्ड भएको जनाइएको छ । भिडियोमा अतिक र अशरफलाई हत्कडी लगाइएको देखिएको छ ।

पत्रकारको भेषमा आएका बन्दुकधारीले उनीहरुमाथि गोली चलाएका हुन् । गोली हानेपछि बन्दुकधारीलाई प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । घटनामा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

केही समयअघि अतिकका छोरा पनि प्रहरीको मुढभेडमा मारिएका थिए । अतिकमाथि विगत दुई दशकयता हत्या, अपहरण, जबरजस्ती चन्दा असुलीजस्ता अभियोग छ ।

यसअघि अतिकले आफ्नो ज्यानमाथि खतरा रहेको बताएका थिए । घटनापछि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले न्यायिक छानबिनको निर्देशन दिएका छन् ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : २० बजे

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय

पोखरामा अमेरिकी नागरिकको मृत्यु

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–१८ सेदीमा आज बिहान हिँडिरहेको बेला अचानक

जर्मनीमा प्राचीन कोइला बनाउने परम्परा जोगाउँदै दुई दाजुभाइ

हासेलफेल्डे– जर्मनीको हार्ज पहाडी क्षेत्रमा दुई दाजुभाइले सयौँ वर्ष पुरानो

कप्तानगञ्ज घटनाका विषयमा सर्वदलीय बैठक

विराटनगर– सुनसरीको दक्षिणी क्षेत्रस्थित देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा गएराति भएको घटनाका