जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी « Khabarhub

जोजिला सुरुङमार्ग बने जम्मु कश्मीरमा पर्यटकको आगमन २/३ गुणाले बढ्छ : भारतीय मन्त्री गड्करी


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतका केन्द्रीय मन्त्री नितिन गड्करीले जम्मु कश्मीरमा जोजिला सुरुङमार्गको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका छन् ।

निर्माणाधीन सुरुङमार्गको निरीक्षण भ्रमणपछि मन्त्री गड्करीले यस परियोजनाको निर्माण सम्पन्न भए यस क्षेत्रमा पर्यटकको आगमनमा २/३ गुणासम्म वृद्धि हुने बताएका हुन् । उनले जम्मु कश्मीरमा लेफ्टिनेन्ट गभर्नर मनोज सिन्हासँगै परियोजना निर्माणस्थलको निरीक्षण भ्रमण गरेका थिए ।

यस परियोजनाको निर्माण सम्पन्न भएसँगै पर्यटकको आगमन बढ्ने र यसबाट रोजगारीको वातावरण सिर्जना हुने उनको भनाइ छ । यससँगै कन्याकुमारीसँग कश्मीर जोडिने उनको तर्क छ ।

गड्करीले २५ हजार करोड भारतीय रुपैयाँको लागतमा जम्मु कश्मीरमा १९ वटा सुरुङ निर्माण भइरहेको समेत जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  २ : ३७ बजे

‘सतिसाले गोल्डकप’को उपाधि इन्ट्रा पथरी–११ लाई

मोरङ– दोस्रो ‘सतिसाले गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि इन्ट्रा पथरी–११ ले

शीतलहरबाट सिरहामा जनजीवन प्रभावित

सिरहा– शीतलहरका कारण सिरहामा जनजीवन प्रभावित भएको छ । चिसो

पत्रकार सम्मेलन गरेर सय दिनको प्रगति सार्वजनिक गर्दै मन्त्री घिसिङ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

बंगलादेशको अस्थिर राजनीति नेपाल सर्दै, रोकिएन सडकको गर्जन

काठमाडौं – न्युयोर्क टाइम्सले सन् २०२१ देखि जेन–जी शब्दको प्रयोग

धुलिखेल–खावा सडकको काम धमाधम (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गत धुलिखेल–खावा सडक खण्डको रोकिएको स्तरोन्नति पुनः