समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : देवेन्द्र पौडेल « Khabarhub

समयमै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक : देवेन्द्र पौडेल


३ बैशाख २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता एवं पूर्वशिक्षि मन्त्री देवेन्द्र पौडेलले यस वर्ष समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्नु सकारात्मक भएको बताएका छन् ।

आइतबार काठमाडौंमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू शिक्षा मन्त्री हुँदा छपाई गर्ने मेशिन, कागज लगायतका सामाग्री समयमा नै व्यवस्थापन गर्नका लागि ध्यान केन्द्रित गरेकाले अहिले समयमा नै पाठ्यपुस्तक विद्यार्थीको हातमा पुग्न सफल भएको र त्यो सकारात्मक भएको बताएका हुन् ।

उनले तत्कालीन अवस्थामा चार वटा नयाँ मेसिन किनेको र प्रशासनिक सुधारका साथै ढुवानीको समस्या समाधान गरिएको दावी गरे । १० वर्षमा नेपालको शिक्षालाई गुणात्मक सुधारका लागि चालिएका कदमलाई अघि बढाउन सके नेपालको शिक्षा विश्वस्तरकै हुने उनले बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आइतबार देखि नै देशभरका २७ हजार ८१२ सामुदायिक विद्यालयमा ‘समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ वैशाख १५ गतेसम्मलाई  विद्यार्थी भर्ना अभियान सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : २८ बजे

प्रतिनिधिसभाबाट नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक,

२०८४ सालको पात्रो प्रकाशन गर्न चाहनेलाई पञ्चाङ्ग निर्णायक विकास समितिको आह्वान

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८४ को पात्रो

डिस्चार्जपछि सञ्जयले भने, ‘भगवानको आशीवार्द र कृपाले फेरि पनि यस्तो दिन हेर्न पाएँ’

काठमाडौं– रसुवा बाढीपछि १० दिनसम्म त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा